चर्को दबाबपछि ट्रम्पले अन्ततः ९ खर्ब डलरको राहत प्याकेजमा हस्ताक्षर गरे

siddhartha wheel mart

काठमाडौं, पुस १३ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ९ अर्ब डलरको राहत प्याकेज सम्बन्धी एक आदेशमा आइतबार हस्ताक्षर गरेका छन्।

एक साता अघि नै संसदले विधेयक पारित गरेपनि राष्ट्रपति ट्रम्पले विधेयकमा रहेका प्रावधानमा असहमति जनाउँदै हस्ताक्षर गर्न ढिलाई गरेका थिए।

रिपब्लीकन र डेमोक्रेट दुबै दलको सहमतिमा पारित भएको विधेयक स्वीकृत नभएपछि दुबै दलले राष्ट्रपतिमाथि दबाब दिएका थिए।

aawash steels

कोभिड–१९ को संकटको सामना गरिरहेका अमेरिकी नागरिक र व्यवसायलाई मद्दत गर्न ल्याइएको उक्त विधेयक दोस्रो हो। यसअघि पनि झण्डै २२ खर्ब डलरको राहत प्याकेज वितरण गरिएको थियो।

पछिल्लो विधेयक स्वीकृत गरेसँगै अमेरिकी संघीय कार्यालयहरु बन्द हुने खतरा तत्कालका लागि टरेको छ। उक्त विधेयक राष्ट्रपतिबाट स्वीकृत नभएको अवस्थामा यही मंगलबारदेखि कैयौं अमेरिकी संघीय कार्यालयहरु बन्द हुने थिए।

super kinetic courier

फ्लोरिडास्थित आफ्नो मार–ए–लागो रिसोर्टमा क्रिसमसको छुट्टी मनाइरहेका राष्ट्रपति ट्रम्पले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मैले यो विधेयकमा हस्ताक्षर गरिदिएको छु। यसबाट बेरोजगारी भत्ता, साना व्यवसायका लागि घरभाडा, व्यक्तिगत खातामा नगद सहयोग, हवाई सेवाका कर्मचारीलाई पुनः काममा फर्कन, खोप वितरणका लागि थप रकमको व्यवस्था गर्न मद्दत गर्नेछ।”

अमेरिकाका नयाँ निर्वाचित राष्ट्रपति जो बाइडेनले समेत दुबै सदनद्वारा पारित आम सहमतिको विधेयक तत्काल स्वीकृत गर्न राष्ट्रपति ट्रम्प समक्ष आग्रह गरेका थिए।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

विध ल्याबले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण परीक्षणमा विशेष छुट

काठमाडौं,फाल्गुन २४ । नेपाल सरकारबाट ‘ए’ ग्रेटको परीक्षण ल्याबको मान्यता पाइसकेको विध ल्याबले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण परीक्षणमा विशेष छुटको व्यवस्था गरेको छ। स्वस्थ…

ग्रेथ बेल र ह्यारी केन चम्किँदा टोटनह्याम हट्सपुरले क्रिस्टल प्यालेसलाई…

काठमाडौं,फाल्गुन २४ । ग्रेथ बेल र ह्यारी केन चम्किँदा टोटनह्याम हट्सपुरले क्रिस्टल प्यालेसलाई सजिलै पराजित गरेको छ। आइतबार राति भएको खेलमा टोटनह्यामले क्रिस्टल प्यालेसलाई ४–१…

नेकपा बदर हुने फैसला गरेपछि प्रचण्ड–नेपाल पक्ष गम्भीर असहमतिमा

काठमाडौं,फाल्गुन २४ । सर्वोच्च अदालतले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बदर (निर्वाचन आयोगमा दर्ता अमान्य) हुने फैसला गरेपछि यस पार्टीको प्रचण्ड–नेपाल पक्षले गम्भीर असहमति जनाएको…

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ‘नारी बचत खाता’ को सुरुवात

काठमाडौं,फाल्गुन २३ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नारी दिवसको अवसरमा आफ्नो ग्राहकवर्गको हितलाई मध्यनजर गर्दै ‘नारी बचत खाता’ को सुरुवात गरेको छ। विशेषगरी १८ वर्ष…

बहिष्कार र नाराबाजीपछि प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित

काठमाडौं, २३ फागुन । प्रतिनिधिसभा बैठक आउँदो फागुन २६ गतेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेस, नेकपा (प्रचण्ड–नेपाल) समूह र जनता समाजवादी पार्टीले संवैधानिक…