प्रहरी हत्याका मुख्य योजनाकार पक्राउ, मृतक दुवै प्रहरीको एक तह बढुवा

प्रहरी
siddhartha wheel mart

काठमाडौं, पुस १३ । कैलालीमा दुई जना प्रहरीको हत्याका मुख्य योजनाकार भनिएका व्यक्ति पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका १० जुगेडाका ३४ वर्षीय सुकबहादुर भन्ने अमर रानालाई सूदुरपश्चिम प्रहरीले पक्राउ गरेको हो।

उनी घटनापश्चात् भारततर्फ भागेका थिए। उनी नेपालतर्फ आइरहेको भन्ने विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले आइतबार राति सिमाना नजिकैबाट पक्राउ गरेको हो।

aawash steels

उनलाई सोमबार जिल्ला अदालतमा पेश गर्ने तयारी प्रहरीले गरेको छ। गत कात्तिक १ गते राति साढे १० बजे अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान राम बहादुर साउदको सीमावर्ती क्षेत्रमा गस्ती गएका बेला हत्या भएको थियो।

जुगेडा कटान एरियामा भारततर्फ गोरु गाडामा मटर तस्करी गरिरहेको अवस्थामा गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिने क्रममा तस्करहरुको समूहले दुवै जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए। उनीहरुको शव एक जनाको भोलिपल्ट र अर्काको तीनदिनपछि नदीमा फेला परेको थियो।

super kinetic courier

घटनामा संलग्न ९ जना पर्कु भन्ने रोहित राना ,राजेन्द्र राना, चोर भन्ने सुरेश राना ,गब्बर भन्ने राज कुमार राना, राम निवास राना, टल्लु भन्ने दलराम राना, रोहित राना, गोपाल भन्ने राम गोपाल राना र राजिव गुप्तालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दर्ता भइसकेको छ।

उनीहरुमध्ये अदलतले मंसिर ८ गते ८ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ। राजिव गुप्ता डेढ लाख रुपैयाँ धरौटीमा छुटेका छन्।

यसैबीच त्यहाँ ज्यान गुमाएका दुवै प्रहरीको एक तह बढुवा गरिएको छ। बिक प्रहरी नायव निरीक्षक र साउदलाई प्रहरी हवल्दारमा पदोन्नति गरिएको छ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

आज आफनै सुरक्षा घेरामा रहनेछन् विप्लव

काठमाडौं,फाल्गुन २१ । शुक्रबार विप्लव तीन वर्षे भूमिगत राजनीतिबाट खुला हुँदैछन्। ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन पनि गर्दैछन्। एकीकृत जनक्रान्तिको अवधारणा लिएर अघि बढेको…

एकतापछि पार्टीको महासचिव बनिदिन ओलीले विप्लवलाई आग्रह

काठमाडौं,फाल्गुन २१ । एकतापछि पार्टीको महासचिव बनिदिन ओलीले विप्लवलाई आग्रह गरेको विप्लवनिकट एक नेताले जानकारी दिए। ‘एक महिनाअगाडि ओलीबाट विप्लवलाई मपछिको नेता तपाईं नै हो,…

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच बिहीबार तीन बुँदे…

काठमाडौं,फाल्गुन २१ । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच बिहीबार तीन बुँदे सम्झौता भएको छ। यससँगै तीन वर्ष भूमिगत भएका विप्लव शुक्रबार प्रधानमन्त्री केपी…

कोभिड-१९ को नयाँ प्रजातिको संक्रमण जनावरमा देखिन सुरु

२१ फागुन, काठमाण्डौ । कोरोना भाइरस (कोभिड–१९)को नयाँ प्रजातिको संक्रमण बाख्रा, घोडालगायतका जनावरमा पनि देखिएको एक अध्ययनले बताएको छ । चिनियाँ अनुसन्धानकर्ताहरूले गरेको एक अनुसन्धानमा…

ओली पक्षले प्रचण्ड–माधव समूहका सांसदहरुलाई बैठकमा आउन गर्यो आमन्त्रण

काठमाडौं, फाल्गुन २१ । नेकपा ओली समूहले संसदीय दलको बैठक बोलाएको छ । फागुन २२ गते दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको ओली समूहका…