चिसो सडकमा बसेका प्रचण्ड- नेपाललाई कमल थापाको व्यंग्य

काठमाडौं, पुस ११ ।विघटित संसद पुनर्स्थापनाको माग गर्दै सडक संघर्षमा उत्रिएका नेकपा (प्रचण्ड-नेपाल समूह)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई लक्षित गर्दै राप्रपाका अध्यक्ष कमल थापाले व्यंग्यात्मक टिप्पणी गरेका छन्।

शनिबार बिहान सामाजिक सञ्जाल मार्फत् थापाले न्यायालयमा राजनीतिकरण भएको सन्दर्भ उल्लेख प्रचण्ड र नेपालाई व्यंग्य गरेका हुन्।

‘२०६३ सालपछि कांग्रेस कम्युनिष्टले न्यायपालिका लगायत सम्पूर्ण राज्य संयन्त्रमा भागवण्डा गरेर पार्टी निकट व्यक्तिहरू भर्ती गरेका छन्। त्यसैले अपवाद बाहेक न्याय दुर्लभ भएको छ,’ थापाले ट्विटरमा लेखेका छन्, ‘अरूलाई ख्वाउन पालेको बाघले एकदिन आफैँलाई खानसक्छ भने चेतना सडकको चिसो भुइँमा बसेका प्रचण्ड/नेपाललाई भएकै होला।’

सडक

pic.twitter.com/Y9hrGC8Vv0

— Kamal Thapa (@KTnepal) December 26, 2020

थापाले पार्टी वैधानिकताको दाबी गर्दै निर्वाचन आयोगमा प्रचण्डले निवेदन दिएको विषयमा पनि टिप्पणी गरेका छन्। उनले विगतमा राप्रपा विभाजनको घटनासँग जोडेर प्रचण्डको आलोचनासमेत गरेका छन्।

‘पार्टी वैधानिकताको दाबी गर्दै निर्वाचन आयोगमा प्रचण्डले निवेदन दिँदैगर्दा म राप्रपा विभाजनको घटना सम्झिरहेको छु,’ विगत कोट्याउँदै उनले ट्विटरमा लेखेका छन्, ‘तत्कालिन प्रम प्रचण्डको प्रत्यक्ष दवाव/प्रभावमा त्यसवेला विना सनाखत कानुन विपरित आयोगले राप्रपा विभाजन घोषणा गरेको थियो। प्रचण्डले त्यही नियति भोग्नु नपरोस।मेरो शुभकामना।’

 

— Kamal Thapa (@KTnepal) December 26, 2020

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…