ओलीले थप कदम चाले फेरी जंगल पस्न तयार छौं : प्रचण्ड

काठमाण्डौ,पुुस ११ – नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ‌ओलीले प्रदेश सभा पनि विघटन गरे उनको बाटो विध्वंसतिर हुने बताएका छन्।

शनिबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा जारी पत्रकारसम्मेलनमा बोल्दै प्रचण्डले प्रदेश सभा विघटन गरे ओली विध्वंसको बाटोमा गएको प्रष्ट हुने बताएका हुन् । उनले भने ओलीले यहाँ भन्दा पनि विध्वंसको बाटो रोजे हामीपनि थप कदम चाल्ने उल्लेख गरे।

एकथरी मान्छेहरू बडो अराजक र अनैतिक तरिकाले १०० को वरिपरि केन्द्रीय सदस्य लिएर ११ सयको घोषणा गरेर जुन विचलन कम्युनिष्ट आन्दोलनमा देखा परेको छ र पदका निम्ति जता पनि दौडिने मान्छेहरूलाई आकर्षित गर्ने षडयन्त्र भएको छ, हामी त्यसलाई चुनौति दिन चाहन्छौं ।

पूर्वगुटतिर फर्काउने कुनै पनि षडयन्त्र हामीलाई मान्य छैन । त्यसका निम्ति जरुरी पर्‍यो भने सडकमा, अदालतमा, जहाँ पर्छ जान सक्छौं । भीषण संघर्ष गर्ने अवस्था आउन सक्छ ।

मैले अस्ति पनि यहाँबाट अपिल गरेको थिएँ, हाम्रा आधिकारिक संस्थाहरूलाई जसले यसका बारेमा फैसला गर्दैछन्, सर्वोच्च अदालत होस् वा निर्वाचन आयोग, हाम्रो अरु केही भन्नु छैन ।

हाम्रो संवैधानिक व्यवस्था, कानूनी व्यवस्थाअनुसार, हामीले निर्माण गरेका नियमअनुसार काम होस् । षड्यन्त्रको कुनै पनि डिजाइनसँग नर्तसियोस् । हामीलाई निश्पक्षरुपले हाम्रो संवैधानिक र कानूनी व्यवस्थाअनुसार फैसला भए पुग्छ ।

संविधानले कहिँ पनि प्रधानमन्त्री वा अरु कसैलाई संसद विघटन गर्ने अधिकार दिएको छैन । यो दिउँसोको घामजत्तिकै छर्लङ्ग विषयलाई पनि बडो जञ्जाल र प्रपञ्चभित्र हाल्न खोजिँदैछ । के यो देशलाई राजनीतिक अराजकताको भूमरीभित्र फसाउन खोजिएकै हो त रु फेरि, निरंकुशतातिर धकेल्न खोजिएकै हो त रु

संविधान निर्माण गर्ने पार्टीहरू, नेताहरू, संविधान निर्माणमा सक्रिय भूमिका खेल्ने संविधानसभाका सबै सदस्यहरूले भनिराखेका छौं– संविधान विघटन गर्ने प्रचलनले देशमा जुन राजनीतिक अस्थिरता र अराजकता आयो, विकास र समृद्धिको यात्रा अवरुद्ध भयो, त्यसको अन्त्य गरिनुपर्दछ ।

प्रधानमन्त्रीलाई संसद विघटनको विशेषाधिकार दिनुहुँदैन भनेर विभिन्न विकल्पहरू बनाइएको छ । तर, त्यो विकल्पतिर जाँदै नगईकन विघटन गरियो । यहाँ आधिकारिक पार्टी छ, प्रतिवेदन, विधान, केन्द्रीय कमिटी छ ।

फेरि, अर्को प्रपञ्च पनि गरिँदै छ । यो त नांगो आँखाले सजिलै देख्न सकिने कुरा छ नि । हामी कोही पनि शान्तिपूर्ण राजनीतिबाट बाहिर जानेवाला त छैनौं । हामी कोही भूमिगत जानेवाला पनि छैनौं । हामी कोही हिंसामा जानेवाला पनि छैनौं ।

हामी फेरि यही काठमाडौंमै छौं । अझै माइतीघर मण्डलाको अगाडिपट्टि छौं, अहिले । हामीले बडो खुलस्तरुपले भनेका छौं, संविधानले कल्पनै नगरेको संसद विघटन भएको छैन ।

हामी विघटित भएका छैनौं । जनताले निर्वाचित गरेर प्रतिनिधिसभामा पठाएका सांसदहरू कोही पनि विघटित भएका होइनौं । केपी शर्मा ओली सरकारको मात्रै विघटन भएको हो । बडो सिधा छ कुरा ।

यस्तो सिधा कुरा बुझ्न हाम्रा अधिकारीहरूलाई गाह्रो भएको हो र रु बुझ्न नसकिने कुरा देखिएको हो र रु थुप्रै पूर्वप्रधानन्यायाधीशहरू, न्यायाधीशहरू, नागरिक समाजका प्रतिनिधिहरू, पत्रकारहरू, सबैले भनिराखेका छन्, यो असंवैधानिक छ, अलोकतान्त्रिक छ ।

सदनभित्रका प्रमुख राजनीतिक दलहरू हाम्रो पार्टी नेकपा, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी सबैले भनिराखेका छन् । आन्दोलन पनि खासै भएन, अब जे गर्दिए पनि हुन्छ भन्याजस्तो कोही कोहीले भन्छन् रे भनेको पनि सुन्छु । त्यसो भएकाले कमरेडहरु चिज अलि गम्भीर छ ।

यो सामान्य छैन । पद निम्ति, व्यक्तिगत स्वार्थका निम्ति, उता गए केन्द्रीय सदस्य पाइन्छ कि, उता गए मन्त्री पाइन्छ कि भन्ने कोहीकोही मान्छेहरु भइराख्न सक्छन् । तर, यो आन्दोलन हो । यो पार्टी हो । यो कम्युनिष्ट पार्टी हो । हामी एउटा लक्षसहित एकता भएका हौं ।

एउटा मिसन लिएर एकतावद्ध भएका हौं । यो देशबाट राजनीतिक अस्थिरताको पनि अन्त्य गर्ने, विकास समृद्धि पनि समाजवाद उन्मुख, दलाल नोकरशाही र पुँजीवाद उन्मुख होइन, समाजवादी मोडेल निर्माण गर्ने, समाजवादतर्फको यात्रा अगाडि बढाउने भनेर गरिएको एकता हो यो ।

हिजो युद्धको अनि शान्तिको । संविधानसभाको, संविधान निर्माणका बेलामा जे भूमिका खेल्ने अवसर मलाई प्राप्त भयो । मलाई र नेता हामी सबैलाई लाग्यो– शान्तिपूर्ण, बहुदलीय प्रतिस्पर्धा, समाजवादतिरको यात्रा र नियम, कानून र विधिअनुसार चल्ने भन्ने प्रतिवद्धता गर्नेबेला आयो भनियो । र, यो राष्ट्रिय आवश्यकता हो भनेर एकता गरिएको हो ।

म कमरेडहरुसँग बडो विनम्रतापूर्वक भन्न चाहिरहेको छु– ठूलो धोका भयो । ठूलो बेइमानी भयो । ठूलो जालझेल र षडयन्त्र भयो । केन्द्रीय कमिटीको दोस्रो बैठक सफल भएपछि पटक–पटक पार्टी फुटाउने षडयन्त्र गरियो । यो यथार्थ हो ।

यो तथ्य हो । इतिहासमा यो दर्ज भइसकेको छ । पाँच मिनेट रोक्नुहोस्, म विकल्प लिएर आउँदैछु भन्दा, म आउँदैछु क्याबिनेटभन्दा अगाडि पार्टी बचाउने दुईवटा विकल्प लिएर आउँदैछु भन्दा ‘हुन्छ’ भनेर पनि हत्त र पत्त गएर विघटन किन गरियो रु

म पार्टीको कार्यकारी अध्यक्ष हुनुको नाताले पार्टी एकता बचाउन पटक–पटक गरिएको धेरै नै पीडा र अपमान सहेर भए पनि बच्नु, बचाउनुपर्छ, किनभने यो व्यक्तिको कुरा होइन ।

यो आन्दोलनको कुरा हो, यो राष्ट्रको कुरा हो, यो जनताको कुरा हो भनेर पहल गर्दैगर्दा अन्तिम समयमा जादुगरी तारिकाले संवैधानिक परिषदको बैठक भएको छैन, पदाधिकारी नियुक्ति गरेको पनि छैन भनेर स्थायी कमिटीका झण्डै ५० जना कमरेडहरुसँग झुट बोल्ने आवश्यकता किन पर्‍यो रु गरिसक्या रहेछन् नि त ।

अनि, अर्को अध्यक्षले म विकल्पसहित आउँदैछु, पार्टी विभाजन हुन दिन भएन भन्दाभन्दै गएर संसद् विघटन गर्न किन पर्‍यो ? त्यसो भएको हुनाले यो सामान्य कुरा छैन ।

अहिले पनि शब्दजालभित्र, मैले यो कुरा त्यतिकै भनेको होइन, बुर्जुवाहरु विज्ञानपनमा, राम्रो लेभल दिनेमा, राम्रो अभिव्यक्ति दिनेमा सिपालु हुन्छन् । सर्वहाराहरु, श्रमजिवीहरु अलि भद्दा हुन सक्छन् । उनीहरुको रुपचाहिँ त्यति नमिल्न सक्छ । तर, उनीहरुको साहसचाहिँ पवित्र हुन्छ, इमान्दार हुन्छ र वैज्ञानिक हुन्छ ।

शब्दजाललाई सधैं छोप्न सकिँदैन । अहिले पनि बल गरिँदैछ । उहाँ ओली लाई बाध्य पारियो अरे संसद विघटन गर्न । संसद विघटन गर्नुपर्ने बाध्यता आफ्नै पार्टीभित्र थियो भने संसदमै गए हुन्थ्यो नि ।

मलाई यसो गरियो भने के हुन्थ्यो रु त्यता जाने लोकतान्त्रिक मार्गलाई अवरुद्ध गरेर, अपमान गरेर गर्न के खोजिएको रु जान कता पट्टि खोजिएको रु त्यसकारण कमरेडहरु, यो बैठक हामीजस्तो मोडमा बस्दैछौं । हामीलाई कुनै जालझेल र षडयन्त्र गर्नुछैन ।

ओली

हामी एकताका बेला पारित प्रतिवेदन र विधानअनुसार, कम्युनिष्टहरुको समाजवादी रणनीतिप्रति इमान्दार हुँदै, जस्तोसुकै चुनौतीको पनि सामना गर्न तयार हुँदै, जरुरी पर्छ भने फेरि जेलनेल खान पनि तयार भएर हामी अगाडि बढेको हो ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…