प्रतिनिधि सभा विघटनको मुद्दा अदालतमा मात्रै होइन, जनतामा पनि गएको छ : प्रचण्ड

काठमाडौं, पुस १० ।नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा विघटनको मुद्दा अदालतमा मात्रै नभई जनतामा पनि गएको बताएका छन्।

शुक्रबार बबरमहलमा आयोजित नेकपा प्रचण्ड–नेपाल समूहको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले प्रतिथनिधि सभा विघटनको मुद्दा सडकमा पनि पुगेको बताए।

‘यो मुद्दा खाली अदालतमा मात्रै गएको छैन, जनताको तहमा पनि गएको छ’, प्रचण्डले भने, ‘लामो संघर्ष, बलिदानबाट प्राप्त भएको उपलब्धिको रक्षा गर्ने काम जनताको जिम्मेवारमिा पनि गएको छ, सडकमा पनि पुगेको छ।’

उनले सदनमा प्रतिनिधित्व गर्ने सबै राष्ट्रिय दलहरुले आ–आफ्नो तरिकाले संघर्षका कार्यक्रमहरु घोषणा गरिसेको बताए।

अध्यक्ष प्रचण्डले आफूलाई अदालतप्रति भरोसा भएको बताउँदै अदालतले यो निर्णयलाई अलोकतान्त्रिक भएको फैसला गर्ने विश्वास समेत गरे।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…