कंगना रणावतले सार्वजनिक गरिन् बिकिनी लगाएको तस्बिर

काठमाडौं, पुस ८ ।भारतमा अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्याको घटनापछि सबैभन्दा बढी चर्चामा आएकी नायिका कंगना रणावतले अहिले सामाजिक सन्जालमा जे पोस्ट गरेपनि भाइरल बन्छ।

बुधबार उनले पोस्ट गरेको एउटा तस्बिर पनि भाइरल बनेको छ। त्यहाँ उनले बिकिनी लगाएको देखिएको छ।

उनले मेक्सिको भ्रमणका बेला तुलुमको टापुमा खिचेको

तस्बिर पोस्ट गरेको क्याप्सनमा बताएकी छिन्। उनले उक्त स्थान आफूलाई ज्यादै मनपर्ने बताएकी छिन्।

सुशान्त सिंहले आत्महत्या गर्नुको कारण बलिउडमा व्याप्त नातावाद र क्रिपावाद भएको कंगनाको भनाइ थियो। कंगनाकै कारण भारतका चर्चित अभिनेता, अभिनेत्री तथा निर्देशक अनुसन्धानको घेरामा परेका थिए।

अनुसन्धानका क्रममा बलिउडमा जकडिएको लागूपदार्थको रहस्य पनि खुलेको थियो। सो क्रममा दीपिका पादूकोण लगायतका अभिनेत्रीलाई प्रहरीले सोधपुछ गरेको थियो।

हाल भारतमा हुने समसामयिक विषयमा कंगनाले आवाज उठाउँदै आएकी छिन्। सो क्रममा उनको प्रशंसा र आलोचना उत्तिकै मात्रामा हुँदै आएको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…