ट्रायल खुलाउने यातायात व्यवस्था विभागको तयारी

काठमाडौँ, पुस ८ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले लामो समय रोकिएको सवारी चालक अनुमति पत्रको लागि आवेदन खुलाउने निर्णय गरेको छ ।

विभागले आफ्नो वेभसाइटमा ७ वटै प्रदेशमा अनलाइनमार्फत आवेदन खुलाउने निर्णय गरेपनि लाइन्सेन्सको लागि लिइने लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षा कहिलेबाट शुरु हुन्छ भन्ने विषय अझैं अन्योल छ ।

कोभिडका नियन्त्रणका लागि गरिएको बन्दबन्दीदेखि नै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) काम बन्द भएको थियो । बन्दबन्दीमा दुई पांग्रे र चार पांग्रे सवारी साधन सिक्ने सेवागाह्री भने कति बेला ट्रायल खुल्छ भन्दै प्रतिक्षामा छन् ।

अहिले लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको विभागका महानिर्देशक गोगन बहादुर हमालले बताए ।

९ महिनापछि लाइसेन्सको लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षा सञ्चालनको तयारी थालेका विभागले अब २ साताभित्र ट्रायल खुलाउने तयारी भरिरहेको जनाएको छ ।

यस्तो छ मापदण्ड

विभागले देशभर ट्रायलका लागि अनलाइन फारम अनिवार्य गरेको भएपनि त्यसको शुल्क तिर्न भने यातायात कार्यालयको काउन्टरमै पुग्नुपर्नेछ । तोकिएको शुल्क तिरेपछि परीक्षाको मिति र स्थान बारेको जानकारी कार्यालयले उपलब्ध गराउछन् ।

लिखित परीक्षाका लागि सम्बन्धित कार्यालयमै पुग्नुपर्छ भने प्रयोगात्मकका लागि तोकिएको ट्रायल सेन्टर पुग्नु पर्ने हुन्छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…