दोलखामा ट्रक दुर्घटना, १ जनाको मृत्यु

दोलखा, पुस ८ । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ५ धरमघरमा ट्रक दुर्घटना हुँदा १ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने १ जना घाइते भएका छन ।

नवलपरासीबाट तामाकोशीस्थित लामा कन्ट्रक्सनले निर्माण गरिरहेको सडकका लागि जाली बोकेर आएको ना ३ ख ३२६८ नम्बरको ट्रक दुर्घटना हुँदा चितवन राप्ती नगरपालिकाका २४ वर्षीय सहचालक बुद्धिबहादुर तमाङको घटनास्थलमा नै मृत्यु भएको प्रहरी निरिक्षक अन्जन कोइरालाले बताउनुभयो ।

चरिकोट जिरी सडकखण्ड अन्तर्गत निर्माणधीन सडकको लागि तारझाली लिएर आएको ट्रक घुम्तीमा पल्टिँदा सहचालकको ट्रकले च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।।

दुर्घटनामा घाइते भएका चालक अर्जुन बरालको सदरमुकाम चरिकोटमा उपचार भइरहेको छ ।।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…