प्रचण्ड–नेपाल पक्षीय केन्द्रीय समितिमा प्रस्ताव : ओलीलाई कारबाही, माधव नेपाल नयाँ अध्यक्ष

काठमाडौं, पुस ७ ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहको स्थायी समिति बैठकले पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि कारबाही गर्ने निर्णय गरेको छ।

मंगलबार बबरमहलमा बसेको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई कारबाही गर्ने निर्णय गरेको एक नेताले बताए।

ओलीलाई कारबाहीपछि रिक्त अध्यक्ष पदमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय समेत बैठकले गरेको ती नेताले जानकारी दिए।

साे निर्णय पारित गराउनका लागि अहिले जारी केन्द्रीय समितिमा प्रस्ताव लगिएकाे छ।

उनका अनुसार स्थायी समितिको साे निर्णय अहिले बसिरहेको केन्द्रीय समिति बैठकबाटै अनुमोदन गरिनेछ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…