यस वर्ष त्रिभुवन विश्वविद्यालयमा हिउँदे बिदा नहुने

काठमाडौं, ७ पुस । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यो वर्षको हिउँदे बिदा नदिने भएको छ।

त्रिवि कार्यकारी परिषदको बैठकले हिउँदे बिदाको व्यवस्था यस वर्षका लागि रद्द गरेर पठनपाठनलाई सुचारु गर्ने निर्णय गरेको छ।

त्रिवि रजिष्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले सूचना जारी गरेर यो वर्षको बिदा हटाइएको जानकारी दिएका हुन्। कक्षा र परीक्षा सञ्चालन गर्नु पर्ने भएकोले हिउँदे बिदा नदिइने निर्णय त्रिविले गरेको सूचनामा उल्लेख छ। कोरोनाभाइरस महामारीका कारण गत चैतदेखि रोकिएका कक्षा तथा परीक्षा अहिले सञ्चालन भइरहेका छन्।

त्रिविले सम्भव भएसम्म भौतिक रूपमा विद्यार्थी उपस्थित गराएरै कक्षा सञ्चालन गर्न आंगिक क्याम्पसहरूलाई निर्देशन पनि दिएको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…