जनकपुरमा युवा संघको प्रदर्शन, ओलीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न माग

काठमाडौं, पुस ५ ।संसद विघटनविरुद्ध प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा जनता समाजवादी पार्टी र नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले प्रदर्शन गरेका छन्।

नेकपाको प्रदेश २ पार्टी कार्यालयबाट निस्केको युवा संघको मोटरसाइकल र्‍याली जनकपुरको विभिन्न भागमा प्रदर्शन गर्दै जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभामा बोल्दै युवा संघका नेता–कार्यकर्ताहरुले जनादेशलाई लत्याउँदै संसद विघटन गर्ने प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गर्न माग गरेका छन् ।

यस्तै जसपाले पनि संसद विघटनविरुद्ध जनकपुरको जनकचोकमा विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनमा जसपाले सरकारको कदम असंवैधानिक, अलोकतान्त्रिक भन्दै संघीयतालाई नै समाप्त गर्न खोजेको बताएको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…