हङकङमा चक्कु देखाउँदै लुटपाट गर्ने एक महिलासहित चार व्यक्ति गिरफ्तार

काठमाडौं, पुस ५ ।हङकङमा चक्कु देखाउँदै लुटपाट गर्ने एक महिलासहित चार व्यक्ति गिरफ्तार भएका छन्।

शनिबार उनीहरु गिरफ्तार भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।दुईवटा लुटपाटका घटनामा यिनीहरु संलग्न भएका थिए।

गत महिना नोभेम्बर ३ मा माई पो लुङको लोक मा चाउस्थित पेट्रोल स्टेसनमा उनीहरुले ४ लाख १० हजार बराबरको सामग्री लुटपाट गरेका थिए।

त्यस्तै उनीहरुले लोकमा चाउको कु तुङ रोडमा चक्कु देखाउँदै १ लाख ३० हजार हङकङ डलर लुटेका थिए।

पछिल्लो समय हङकङमा लुटपाट र डकैतीका घटना बढ्न थालेको देखिएको छ।हङकङमा नोभेम्बर महिनामा नै एक महिला व्यापारीको घरमा लुटपाट भएको थियो ।

उक्त लुटपाटमा संलग्न ९ जना गिरफ्तार हालै भएका छन्।गत महिना २५ वर्षकी व्यापारी सो मिन–यान, उनका ६ महिनाका छोरा र उनको घरमा काम गर्ने घरेलु कामदारालाई लुटेराहरुले घरभित्रै बाँधेर लुटपाट गरेका थिए।

सो क्रममा एक करोड हङकङ डलर बराबरको सामग्री चोरी भएको थियो।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…