‘समान कामको समान ज्याला’ माग गर्दै त्रिविका आंशिक प्राध्यापक आन्दोलनमा

काठमाडौं, पुस ५ ।समान कामको समान प्रारिश्रमिक हुनुपर्ने माग गर्दै आन्दोलनरत त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले आज (आइतबार) सिट्ठी बजाएर विरोध प्रदर्शन गरेका छन्।

आंशिक प्राध्यापकहरुले आज कीर्तिपुर स्थित उपकुलपतिको कार्यालय अगाडि आफ्ना मागहरु पुरा गर्न दावाव दिन सिट्ठी बजाएर प्रदर्शन गरेका हुन्। आंशिक प्राध्यापकहरुले एक शैक्षिकसत्र पुरा गरेका सम्पूर्ण आंशिक प्राध्यापकहरुलाई पूर्णकालिन करार गर्नुपर्ने माग गरेका छन्।

त्रि.वि. आंशिक प्राध्यापक संघ केन्द्रीय समितिका सचिव इश्वरचन्द्र पौडेलले विगत १५ वर्ष यता आन्दोलन गर्दै आएको र यसपटक निर्णायक आन्दोलन गरिएको बताए।

आंशिक प्राध्यापकहरुले ‘हामी बधुवा मजदूर होइनौं, समान कामको समान ज्याला चाहन्छौं’, ‘अतिरिक्त कक्षा व्यवस्थापन निर्देशिकाको सट्टा आंशिक प्राध्यापक व्यवस्थापन निर्देशिका चाहन्छौं’, ‘हामी सम्पूर्ण आंशिक प्राध्यापकहरु एक हुन चाहन्छौं’, ‘त्रिभुवन विश्वविद्यालय हामी सबैको गौरव र पहिचानको धरोहर हो त्यसैले अस्तित्व जोगाउन चाहन्छौं’, ‘त्रिभुवन विश्वविद्यालयमा समान कामको समान ज्याला ज्ञारेन्टी गर’ लेखिएको ब्यानर सहित प्रदर्शनमा उत्रिएका छन्।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…