आरसीसी प्याराफिट सहितको भीमेश्वर रङ्गशाला शिलान्यास

दोलखा, पुस ४ ।भीमेश्वर नगरपालिकाकै गौरवको आयोजनाका रुपमा रहेको भीमेश्वर रङ्गशाला आज शिलान्यास गरिएको छ । भीमेश्वर रङ्गशालाको एक कार्यक्रमका बिच नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङले शिलान्यास गर्नुभएको थियो ।सो अवसरमा मन्त्री गुरुङले दोलखा र आसपासकै गौरवको आयोजना भीमेश्वर रङ्गशाला निर्माण सम्पन्न गर्न बजेटको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले नगरपालिकाले प्रत्येक वर्ष ४ करोड रुपैयाँ विनियोजन गर्दै आयोजना पहिलो चरणमा निर्माण सुरु गरेको जानकारी दिनुभयो । रङ्गशाला निर्माण गर्न बजेट अभाव रहेकाले सम्पन्न गर्न आवश्यक बजेटको व्यवस्था गरिदिन मन्त्री गुरुङलाई अनुरोध गर्नुभएको थियो ।

आरसीसी प्याराफिट सहितको भीमेश्वर रङ्गशाला पहिलो चरणमा कर बाहेक ११ करोड १५ लाख ७७ हजार ४ सय ५२ रुपैयाँमा किरातेश्वर /सिमपानी जे.भी.ले निर्माण गरिरहेको छ । २०७७ साउन २५ गतेबाट निर्माण सुरुभएकोमा पहिलो चरणको काम २४ महिनामा निर्माण सक्ने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…