भारत र चीनबीच सीमाबारे सहमति

काठमाडौं, पुस ४ ।सीमामा जारी तनाव कम गर्ने विषयमा भारत र चीनबीच ५ बुँदे सहमति भएको छ।

भारतस्थित चिनियाँ दूतावासका प्रवक्ता जी रोङले दुई देशबीच सीममा शान्ति कायम गर्ने सहमति भएकाे जानकारी दिएका हुन्।

चिनियाँ दूतवासले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार यस विषयमा दुई देशका प्रतिनिधिबीच भर्चुअल बैठक भएको हो।

बैठकमा सीमामा जारी तनाव कसरी कम गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो। दुवै पक्ष संवाद जारी राख्न सहमत भएका छन्।

समाचार एजेन्सी पिटाईका अनुसार भारतीय विदेश मन्त्रालयका अनुसार दुवै देशका प्रतिनिधिले पूर्वी लद्दाखकाे परिस्थितिबारे समीक्षा गरेका छन्।

दुई देशबीच भएका सातौँ र आठौँ सैन्य वार्ताले सीमामा शान्ति कायम गर्न मद्दत पुगेकाे भारतीय विदेश मन्त्रालयले जनाएकाे छ।

गत जुन १५ मा पूर्वी लद्दाखमा भारत र चीनका सेनाबीच झडप हुँदा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो। चीनतर्फ भएको क्षतिबारे अहिलेसम्म आधिकारिक जानकारी आएको छैन।

त्यसयता दुई देशबीच सीमा क्षेत्रमा विवाद जारी छ। यो समाधानका लागि भारत र चीनबीच पटकपटक वार्ता भएका छन्।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…