वर्तमान राष्ट्रपति र प्रधानमन्त्रीको जोडी कायम रहेसम्म संविधानको शिरमाथि तरबार झुन्डिरहन्छ : डा.भट्टराई

काठमाडौं , पुस ४ ।जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान राष्ट्रपति र प्रधानमन्त्रीको जोडी कायम रहेसम्म संविधान र लोकतन्त्रको शिरमाथि तरबार झुन्डिरहने आरोप लगाएका छन्।

खासगरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएपछि पूर्वप्रधानमन्त्री डा. भट्टराईले संविधान र लोकतन्त्र खतरामा परेको चिन्ता व्यक्त गरेका हुन्।

‘वर्तमान राष्ट्रपति र प्रमको जोडी कायम रहेसम्म संविधान र लोकतन्त्रको शिरमाथि तरबार झुण्डिरहने कटुसत्य अहिलेसम्मका घटनाक्रमले पुष्टि गरिसके,’ डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब पनि त्यस्तो अनिष्ट रोक्न संविधानले व्यवस्था गरेको महाभियोग, अविश्वासलगायतका हतियार प्रयोग गर्न खुट्टा कँपाउनेलाई इतिहासले क्षमा गर्ने छैन है।’

वर्तमान

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…