महिलाको नग्न तस्बिर सार्वजनिक गरिदिने भन्दै ७० लाख माग गर्ने पक्राउ

काठमाडौं, पुस ३ ।आफूसँग महिलाको नग्न तस्बिर रहेको र पैसा नदिए सार्वजनिक गरिदिने भन्दै रकम बार्गेनिङ गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विराटनगर उपमहानगरपालिका–३ घर भइ काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–७ गल्फुटार बस्ने वर्ष ३३ को सुमन रेग्मी रहेका छन्।

रेग्मीले फेक इमेल आइडी बनाएर परिचित महिला साथी महालक्ष्मी (नाम परिवर्तन) लाई आफूसँग नग्न तस्बिर रहेको भन्दै सो सार्वजनिक नगर्न ७० लाख रुपैयाँ मागेका थिए।

प्रहरीको साइबर ब्यूरोले रेग्मीलाई पक्राउ गरी विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ।

यस्तै, सामाजिक सञ्जाल फेसबुकमा फेक आइडी बनाइ नजिकको नाता पर्ने महिलालाई यौनजन्य, अश्लिल सन्देश तथा तस्बिर पठाउने, अनर्गल सामग्री पोष्ट गरी अपमान गर्ने, हैरानी दिने अर्का व्यक्ति पनि पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चितवनको माडि नगरपालिका–६ कल्याणपुर बस्ने वर्ष ३५ का थमबहादुर विश्वकर्मा रहेका छन्।

उनीविरुद्ध पनि अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक नविन्द अर्यालले जनाएका छन्।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…