क्युबाका राष्ट्रपतिले गरे बाइडेनसँग वार्ता प्रस्ताव

काठमाडौं, पुस ३ ।क्युबाका राष्ट्रपति मिगेल डायज–कनेलले अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनसँग कुनै पनि विषयमा वार्ता गर्न इच्छुक रहेको बताएका छन्।

क्युबाली संसदको समापनका अवसरमा सम्बोधन गर्दै राष्ट्रपति कनेलले क्युबाको क्रान्ति, समाजवाद र सार्वभौमिकता बाहेकका अन्य विषयमा खुलेर छलफल गर्न आफ्नो देश तयार रहेको बताएका हुन्।

गत अक्टोबरमा चुनावी प्रचारका क्रममा बाइडेनले अमेरिकालाई नयाँ क्युबा नीति चाहिएको बताएका थिए। तर, उनले क्युबा नीति कहिले जारी गर्ने र त्यसको कार्यान्वयन कसरी हुन्छ भन्नेमा अझै केही बताउका छैनन्।

बाइडेनले यसअघि नै राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको विप्रेषण प्रवाह र क्युबाको भ्रमण सम्बन्धी नीतिहरु खारेज गर्ने बताइसकेका छन्।

गत नोभेम्बर ९ मा अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी भएसँगै क्युबाका राष्ट्रपति कनेलले ट्विट गर्दै चुनावमार्फत अमेरिकी जनताले परिवर्तन चाहेको बताएका थिए। उनले आआफ्ना मुलुकका मतभिन्नतालाई सम्मान गर्दै रचनात्मक द्वीपक्षीय सम्बन्ध स्थापित हुने विश्वास व्यक्त गर्नु भरेका थिए।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…