नेपाल–बंगलादेशबीच ५० हजार मेट्रिकटन युरिया मल आपूर्तिका लागि सम्झौता

काठमाडौं, पुस २ ।नेपाल र बंगलादेशबीच रासायनिक मल खरिदका विषयमा औपचारिक सम्झौता भएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार बिहीबार कृषि सामग्री कम्पनी लिमिटेड र बंगालादेशी केमिकल इन्ड्रस्ट्रिज कम्पनीबीच ५० हजार मेट्रिकटन युरिया मल आपूर्तिका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

सम्झौता पत्रमा कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी र बंगलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेसनका अध्यक्ष महमद एमिन उल अहसनले ढाकामा हस्ताक्षर गरेका हुन्।

सम्झौतासँगै अब जी–टु–जी अर्थात सरकार–सरकारबीच सम्झौता गरिएको आधारमा मलको आपूर्ति हुने बताएको छ।

कृषि मन्त्रालयले तीन महिनाभित्र मल नेपाल ल्याइसक्ने गरी समझदारी भएको जनाएको छ। अबको १० दिन भित्रमा बंगलादेशबाट नेपालका लागि युरिया मलको पहिलो खेप पठाउनेगरी काम भइरहेको बताइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बांग्लादेशकी समकक्षीसँग मल आपूर्तिका लागि अनुरोध गर्दै टेलिफोन सम्पर्क गरेका थिए। १ असोजको मन्त्रिपरिषद्को बैठकले बांग्लादेशबाट रासायनिक मल ल्याउने निर्णय पनि गरेको थियो।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…