बालविवाह गरेको आरोपमा दुई जोडी पक्राउ

उदयपुर, पुस २ ।उदयपुरमा बालविवाह गरेको भन्दै दुई जोडीलाई प्रहरीले पक्राउ गरेको छ। गत मंसिर १९ गते ताप्ली गाउँपालिका ५ आदमाराकी १७ वर्षीया युवतीसँग विवाह गरेको भन्दै केटा र केटी पक्षका अविभावकसहित पक्राउ गरिएको हो।

ताप्लीका खेचर बहादुर खड्काकी छोरीको त्रियुगा नगरपालिका ३ भुल्केका २३ वर्षीय युवकसँग विवाह सम्पन्न भएको थियो।

बिहीबार लिखित जाहेरी परेपछि उनीहरुलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो। केटा केटी र दुवै अभिभावक पुष्प कोईराला र राधा खड्कासहित ४ जनालाई नियन्त्रणमा लिएको छ।

आफुखुशी बाल विवाह गर्ने केटा केटी पक्राउ
मंसिर ३० गते बिबाह गरेका केटा केटीलाई पनि प्रहरीले बिहीबार पक्राउ गरेको छ।

उदयपुरगढी गाउँपालिका ६ स्थित काभ्रेपानी मन्दिरमा भुमरे गाँउका लिल बहादुर खड्काको छोरा वर्ष १८ को दुर्गा बहादुर खड्का र त्रियुगा नगरपालिका १६ सुकौरा काभ्रेभन्ज्याङका टंक बहादुर कार्कीको छोरी १७ वर्षीया खेली कार्कीबिच दुवै जनाको आपसि मिलेमतोमा विवाह भएको थियो।

अभिभावकले समेत यस बारेमा जानकारी नपाएको बताएका छन्।

दिदीको घरमा बसिरहेका उनीहरुलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…