हङकङमा १४ वटा क्रेडिट कार्ड चोरेर लाखौं डलर पैसा झिक्ने व्यक्ति गिरफ्तार

काठमाडौं, पुस २ ।हङकङमा १८ महिनाको अवधिमा १४ वटा क्रेडिट कार्ड चोरेर लाखौं डलर पैसा निकाल्ने एक बेरोजगार युवा गिरफ्तारमा परेका छन्।

सो अवधिमा ती युवाले ३ लाख २० हजार हङकङ डलर क्रेडिट कार्डहरुबाट निकालेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

ती युवाले प्रायः १० हजार डलरदेखि २० हजारसम्म झिक्ने गरेका थिए। उनले एकैपटक धेरै निकालेको रकम भने ४० हजार डलर रहेको बताइएको छ।

लेटर बक्सबाट ती ४९ वर्षमा व्यक्तिले क्रेडिट कार्डको पासवर्ड र मुख्य क्रेडिट कार्डको चिप्स चोर्थे।

उनको साथबाट २८ चिप्स पनि फेला परेको बताइएको छ। आफ्नो अकाउन्टबाट पैसा बेपत्ता हुन थालेपछि पीडितले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले लामो समयको निगरानीपछि मंगलबार साँझ ५ बजे उनलाई नाउ ताउ ककको एटीएमबाट गिरफ्तार गरेको हो।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…