डब्लूएचओ भन्छः खोपले मात्र कोरोना महामारी नियन्त्रण गर्न सक्दैन

काठमाडौं, पुस २ ।विश्व स्वास्थ्य संगठन डब्लूएचओले खोपले मात्र कोरोना माहामारी नियन्त्रणमा ल्याउन नसक्ने बताएको छ।

हाल अमेरिका, बेलायत, बहराइन, क्यानडा लगायतका देशमा कोरोनाविरद्धको खोप कार्यक्रम सुरुवात भइसकेका छन्।

डब्लूएचओले ती देशले अनुमति दिएका खोप प्रभावकारी भएको बताएको छ। सन् २०२१ भित्र विश्वभरका कोरोनाको जोखिममा रहेका मानिसमा खोपको पहुँच पुग्ने पनि डब्लूएचओको भनाइ छ।

यद्यपी डब्लूएचओका लागि पश्चिमी प्रशान्त स्वास्थ्य एजेन्सीको क्षेत्रीय निर्देशक डाक्टर ताकेसी कासेइ भन्छन्,‘खोपले मात्र कोरोना महामारी नियन्त्रण गर्न सक्दैन।’

उनका अनुसार विश्वभरका मानिसले खोप प्राप्त नगरिन्जेलसम्म मास्क लगाउने, धेरै भीडभाड नगर्नेजस्ता कोरोनाविरुद्धको उपाय नअपनाए कोरोना नियन्त्रणमा आउँदैन।

उनले तत्काललाई कोरोनाको जोखिममा रहेको मानिस पहिचान गरेर खोप प्रदान गरिनुपर्ने र कोरोनाविरुद्धको उपायलाई भने अबलम्ब गरिरहनुपर्ने धारणा राखेका छन्।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…