९ महिनापछि आजदेखि काठमाडौं – दिल्ली हवाइ उडान

काठमाडौं, पुस २ ।नेपाल वायु सेवा निगमले नौ महिनापछि आज (बिहीबार) देखि काठमाडौं- दिल्ली उडान सुरु गर्दै छ। कोरोना संक्रमण त्रासको कारण गएको चैत ११ गतेदेखि बन्द रहेको काठमाडौं दिल्ली उडान नौ महिनापछि सुरु हुन लागेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक महानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार आज बिहान साढे ११ बजे निगमको एयरबस ए ३२० दिल्ली प्रस्थान गर्दैछन्। दिल्लीबाट पनि आजै एयर इन्डियाको एउटा जहाज काठमाडौँ अवतरण हुनेछ।

अब हरेक दिन काठमाडौं–नयाँदिल्ली गन्तव्यमा दैनिक दुई उडान हुने निगमले जनाएको छ। दुबै सरकारले ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’ अन्तर्गत पुनः उडान सुरु गर्न लागेका हुन्।

कोरोना संक्रमणको कारण नेपाल भारले २३ मार्चदेखि काठमाडौं–दिल्ली उडान स्थगित गरेका थिए। १० मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले ‘एयर बबल मोडल’ अन्तर्गत दिल्ली काठमाडौं उडान खुला गर्ने निर्णय गरेको थियो।

नेपालबाट दिल्ली जाने यात्रुले ७२ घण्टे पिसिआर रिपोर्ट पेश गर्नुपर्ने नियम छ। त्यस्तै दिल्लीबाट काठमाडौं आउने यात्रुले अनलाइन फाराम भर्नुपर्ने प्रावधान छ।

निगमको जहाज ८ जना बिजनेस क्लास र १३८ जना इकोनोमिक क्लासका यात्रु लिएर दिल्ली उडानको तयारीमा रहेको कर्णले जानकारी दिए।

निगमले पुस ६ गतेखि काठमाडौं हङकङ उडान पनि सुरु गर्दै छ। काठमाडौंबाट हङकङ गएका यात्रुमा कोरोना पोजेटिभ पाइएपछि हङकङले दुई साताको लागि निगमको जहाजलाई प्रतिबन्ध लगाएको छ। १९ मंसिरदेखि सुरु भएको प्रतिवन्ध आजबाट सकिएको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…