नेकपामा अचानक चमत्कार, ओली र प्रचण्ड अब झगडा गर्न छाडेर समृद्धिमा लाग्ने

काठमाडौं, पुस १। नेकपामा अचानक चमत्कार भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ल्याउनुभएको आरोपपत्र फिर्ता हुने भएको छ ।

आरोपपत्र बाहेकका अन्य बवण्डरमा पनि सहमति भएको छ । प्रचण्ड–माधव खेमा मंगलबार बिहानको अवस्थामा फर्कन तयार भएको छ । उता प्रधानमन्त्री केपी शर्मा ओली पनि मंगलबार बिहानको अवस्थामा फर्कन तयार हुनुभएको छ ।

प्रचण्ड–माधव खेमाले प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाउने प्रयास गरेको थियो । त्यस्तो अधिवेशन नबोलाउने र प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिने सहमति भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद्को बैठक बहिष्कार गरेपछि परिषद्को कार्यविधि संशोधन गर्न प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउनुभएको थियो । त्यसपछि राजनीतिक बवण्डर सुरु भएको थियो ।

आजको दिनबाट नेकपामा ‘आइसब्रेक’ भएको ठानिएको छ । तर, प्रचण्ड–माधव समूहले सरकार विरुद्धको अभियान भने जारी राख्ने भएको छ । ‘आज दिनभरी बालुवाटारमा विभिन्न नेताहरु बीच क्रश वार्ता भयो, अब स्थिति सुधारिन्छ’– स्थायी समितिका एक सदस्यले बताए ।

भदौ २६ पछिका सबै आरोप–प्रत्यारोप फिर्ता लिन नेकपा अध्यक्षद्वय ओली र प्रचण्ड सहमत भएका छन् । अब सबै झगडा छाडेर देश विकाशमा लाग्न नेताहरु सहमत भएका छन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…