बर्सौ देखि पाथीभरा मन्दिरमा बस्दै आउनु भएका सन्यासी बाबाको निधन

ताप्लेजुङ, पुस १ ।ताप्लेजुङ स्थित प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिरमा बस्दै आएका सन्यासी बाबा करोणीनाथ योगीको निधन भएको छ ।विगत ४ वर्ष यता वस्दै आएका योगीको आज विहान निधन भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।अन्दाजी ६० वर्षिय सन्यासी बाबाले आफु राजस्थानमा जन्मिएको बताउँदै आएका थिए । विहान छाती दुखेको, सास फेर्न गाह्रो भएको बताए पछि उनलाई उपचारका लागि जिल्ला अस्पताल तर्फ ल्याईएको थियो । तर जिल्ला अस्पताल आईनपुग्दै निधन भएको बताईएको छ ।

उहाँको शब पोष्टमार्टमका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको छ ।घर तथा आफन्तको पहिचान नभएकाले सबै जिल्लामा पहिचानका लागि खबर गर्ने साथै कानुनी प्रकृया अघि बढाईने ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक महेन्द्र श्रेष्ठले बताउनुभयो । सन्यासी बाबा विगत ४ वर्षदेखि पाथीभरामा बस्दै आएको बताईएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…