मनोज गजुरेल र वर्षा शिवाकोटी बिच विवाह भन्ने भ्रामक समाचार आएको भन्दै नायीका वर्षा शिवाकोटीले दुख ब्यक्त

काठमाडौं, पुस १ ।चर्चीत हांस्यकलाकार मनोज गजुरेल र वर्षा शिवाकोटी बिच विवाह भन्ने भ्रामक समाचार आएको भन्दै नायीका वर्षा शिवाकोटीले दुख ब्यक्त गरेकी छिन । उनले फेसबुक मार्फत स्टाटस लेख्दै सो कुरा व्यक्त गरेकी हुन । बर्षाले आफ्नो फेसबुक वालमा यस्तो कुरा लेखेकी छिन ।

“वर्षा सिवाकोटी र मनोज गजुरेलको बिहे हुँदै” भनेर विभिन्न अनलाइनमा आएको समाचारहरु देख्दा दया लागेर आयो । भिजिटर बढाउने नाममा यथार्थ भन्दा निकै बाहिर पुगेर गरिएको प्रचारले नेपालको पत्रकारिता क्षेत्रनै बदनाम बनाएको छ ।पत्रकारितामा गलत न्यारेटिभ सेट गर्ने हिसाबले फैलाइएका यस्ता हल्लाहरुले सहि अर्थमा पत्रकारिता गर्नेमाथि पनि प्रश्न उठेको छ ।आदरणिय सर, मनोज गजुरेलको र मेरो बाटो अलग अलग छ । मेरो उहाँप्रति सम्मान सधै उचो नै रहेको छ । हामीलाई जोडेर कुप्रचार गर्दा कसको पो फाइदा होला र ?
कलाकार भन्दैमा जे पनि लेख्न र भन्न पाइन्छ भन्ने ‘मानसिक विक्षिप्तता’ बेलैमा हटाएको राम्रो ”

तर वास्तविक कुरा चाहिँ के हो भने मनोज र वर्षा दुवैको छुट्टाछुट्टै विवाह हुँदैछ । नायिका बर्षा शिवाकोटीले भर्खरै आफू अब २ वर्षभित्र आफ्ना प्रेमी संग प्रेम विवाह गर्ने अभिव्यक्ति दिएकी थिइन । भने त्यसै क्रममा मनोज गजुरेलले पनि एक टेलिभिजन कार्यक्रम मार्फत आफू छिट्टै विवाह गर्ने अभिव्यक्ति दिएका थिए । तर अनलाइन मिडियाहरुले भने कुरा वास्तविक नै लेखेका थिए ।

मनोज गजुरेल र वर्षा शिवाकोटी दुवैको छुट्टाछुट्टै विवाह हुने कुरा मिडियामाहरुले खुलाएका थियो ।
तर जे होस उनीहरू दुवैलाई छुट्टाछुट्टै शुभकामना ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…