लिखु खोला हाइड्रोपावर कम्पनीको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोषले जिम्मा

लिखु खोला हाइड्रोपावर कम्पनीको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोषले जिम्मा पाएको छ।

कम्पनीले सर्वसाधारण नागरिक, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु, सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई छुट्याइएको सेयर प्रत्याभूति व्यवस्थापनको जिम्मा कोषलाई दिएको हो।

कम्पनीको जारी पुँजी ३ अर्ब १२ करोड ५० लाख छ। यसको २० प्रतिशतले हुन आउने सर्वसाधारण नागरिक, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु, सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई छुट्टाएको जम्मा ६२ लाख ५० हजार कित्ता सेयर प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरले सेयरको मूल्य ६२ करोड ५० लाख रुपैयाँको सेयर बिक्रीवितरण हुनेछ।

सेयर प्रत्याभूति कार्य गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र ग्रिन भेन्र्चको तर्फबाट अनिल अग्रवालले मंगलबार हस्ताक्षर गरेका हुन्।

रामेछाप र ओखलढुङ्गा जिल्लाको सिमानाको रुपमा रहेको लिखु खोलाबाट ५२.४ मेगावाट बिद्युत उत्पादन गर्ने उत्तः आयोजनाको निर्माण कार्य ८५ प्रतिशत समाप्त भइसकेको कम्पनीले जानकारी गराएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…