किसानको रकम भुक्तानी नदिने चिनी मिलका सञ्चालकलाई पक्राउ गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले उखु किसानको रकम भुक्तानी नदिने छवटा चिनी मिलका सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको छ ।

काठमाडौं । सरकारले उखु किसानको रकम भुक्तानी नदिने छवटा चिनी मिलका सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको छ । आइतबारदेखि काडमाडौँको माइतीघर मण्डलामा आन्दोलनरत उखु किसानको मागलाई सम्बोधन गर्न मङ्गलबार गृह मन्त्रालयमा बसेको सम्बद्ध मन्त्रीहरू सहभागी बैठकले यस्तो निर्णय गरेको हो ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको उक्त बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी र कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल सहभागी रहेका थिए । गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईका अनुसार उखु किसानको ६० करोड रुपियाँभन्दा बढी रकम भुक्तान नगर्ने चिनी मिलका सञ्चालकलाई पक्राउ गर्ने निर्णय भएको हो । मन्त्रालयले पक्राउका लागि प्रहरी प्रधान कार्यालयलाई समेत निर्देशन दिएको जनाइएको छ ।

आन्दोलनरत पीडित किसानले भने रौतहट, सर्लाही र नवलपरासीमा सञ्चालित छवटा चिनी मिलबाट ९० करोड रुपियाँ भुक्तान हुन बाँकी रहेको जानकारी दिएका छन् । हाल बन्द रहेका चिनी मिल बिक्री गरेर भए पनि रकम पाउनुपर्ने माग किसानको छ । गृह मन्त्रालयका अनुसार रौतहटको श्रीराम सुगर मिल, सर्लाहीको महालक्ष्मी सुगर मिल र अन्नपूर्ण सुगर मिल, नवलपरासीको लुम्बिनी चिनी मिल, इन्दिरा सुगर मिल, बागमती खाँडसरी मिलले किसानको रकम भुक्तानी नगरेका खवर आएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…