मुडे चरिकोट खण्डको ठेकेदार कम्पनी बिरुद्ध पुनः आन्दोलनको घोषणा

दोलखा, मङ्सिर ३० ।मुडे चरिकोट खण्डको ठेकेदार कम्पनी बिरुद्ध पुनः आन्दोलनको घोषणा गरिएको छ ।

चरिकोट मुडे सडकमा ढिलासुस्ती विरुद्ध संघर्ष समितिले पहिलो चरणमा आईतबारबाट कम्पनीका सबै सञ्चालकको तस्विर सार्वजनिक स्थल र गाडीहरुमा टाँस्ने घोषणा गरेको हो । आजको मिति देखी ३ दिन भित्र चरिकोट, बोच र मुडे ३ स्थानबाटै काम सुरु नगरे ठेकेदार कम्पनी र आयोजना विरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिएको हो ।

यस अघि चरिकोट खाडिचौर सडक अन्र्तगत मुडे चरिकोट खण्डको जिम्मा पाएको ठेकेदार कम्पनी शंकरमाली निर्माण सेवाले संघर्ष समिति सँग मंसीर मसान्त भित्र १५ किलोमिटर सडक कालोपत्रे सम्पन्न गर्ने प्रतिवद्धता जनाएको थियो । तर हाल सम्म प्रतिवद्धताको २५ प्रतिशत सडक समेत कालोपत्रे हुन सकेको छैन ।
संघर्ष समितिले एक प्रेश विज्ञप्ती जारी गर्दै स्थानीय प्रशासनको रोहबरमा आयोजनाका अधिकारीहरु समेतको उपस्थितिमा भएको सहमती ठेकेदार पक्षले कार्यान्वयन नगर्नु गैर जिम्मेवारीको पराकाष्ठ भनेको छ ।

उक्त सडकखण्ड अन्र्तगत सदरमुकाम चरिकोटको पेट्रोल पम्पबाट पार्टिखोला सम्म कालोपत्रे गरेको छ भने मकैबारी नजिकको केहि भागमा कालोपत्रे गरेको छ । सडकको छेउछाउमा राखीएका निर्माण सामग्री यत्रतत्र छरिएका छन् भने मकैबारी र साखीने आसपास सडक हिल्लाम्मे छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…