बुवाले दिने गरेको पिडा सम्झेर अञ्जु पन्तकी छोरी रोईन, छोरी परितोषिका भन्छिन् ‘मम्मी अब बिवाह गर्नुस’

काठमाडौं | हालै एक म्यूजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ । गीतको बोल हो ‘धेरै माया नदेऊ मलाई, टाढा हुँदा गाह्रो हुन्छ’ । जसमा स्वर तथा संगीत अञ्जु पन्तले भरेकी छिन् भने छोरी परितोषिकाले अभिनय गरेकी छिन् । यही गीतको अन्तर्वार्तामा अञ्जु पन्त र उनको छोरी परितोषिका पन्तबीच धेरै कुराहरु भए । जहाँ गीतको कुरासँगै आमा छोरीको विवाहको कुरा पनि निस्कियो ।

आफ्नो विवाहप्रति छोरी परितोषिकाले भनिन् ‘सधैं त म ममीसँग हुन सक्दिनँ । त्यसैले त मैले ममीलाई जीवनसाथी खोज्न बारम्बार आग्रह गरेको छु ।’ अञ्जुलाई छोरीले नै बिहेका लागि स्वीकृति र दबाब दिएकी छिन् । तर, के अञ्जु बिहे गर्ने सोचमा पुगेकी छिन् त ? यसमा अञ्जुले भनिन् ‘नानीले जहिले पनि मलाई किन निराश हुनुभएको भन्छिन् । मेरो डिभोर्स भएको १० वर्ष भयो । १० वर्षदेखि मलाई छोरीको साथ त छ । तर, उनी पनि पराई घर गएपछि मलाई दुख्दा तातो पानी तताएर दिने मान्छे चाहिन्छ ।

छोरीले बिहे गर्नैपर्छ भनेर प्रेसर दिइरहेकी छिन् । तर, मेरो सोच बिहे नै नगर्ने हो । यो मेरो इच्छा नै नभएको कुरा हो । तर, मलाई धेरैले बिहेका लागि सुझाव दिइरहनु भएको छ।’ अञ्जुलाई अहिलेसम्म बिहे गर्नुपर्छ भन्ने सोच त आएको छैन । तर, भोलिको दिनमा भइहाल्यो भने पनि उनी सहर्ष स्वीकार गर्ने पक्षमा छिन् । आफूलाई बुझ्ने, नबदलिने प्रेम गर्ने मानिस आएको खण्डमा अञ्जु बिहे स्विकार गर्ने सोचमा छिन् ।

परितोषिका सानै हुँदा अञ्जु र मनोज राजको डिभोर्स भयो । परितोषिकाले बाबुको अभाव महसुस गरिन् त ? भन्ने प्रश्नमा परितोषिकाले भनिन् ‘बच्चामा कहिलेकाहीँ त लाग्थ्यो नै । तर, मेरो ममीले मलाई आमा र बुबा दुवैको माया दिनुभएको छ । त्यसैले पनि मैले कहिल्यै पनि बुबाको मायाको अभाव भोगिनँ ।’ अञ्जुले यो प्रश्नमा थप्दै भनिन्–‘बच्चा हुँदा जन्मदिनको समयमा झमझम पानी परिरहेको थियो । बुबा आउनुहुन्छ भनेर उनले धेरै समय पर्खिइन् । पछि, केही बर्षसम्म उनले बुबालाई पर्खिने गर्थिन् । तर, विस्तारै उनलाई पनि बानी पर्‍यो ।’

उनले थपिन् ‘मलाई चौतर्फी रुपमा तनाव हुँदा पनि छोरीका कारण खुशी मिलेको छ । यसैले पनि मलाई बाँच्ने आधार मिलेको छ ।’ परितोषिका मोडलिङ गर्ने र नायिका बन्ने सोचका साथ अगाडि बढेकी छन् । उनलाई नायिका बनाउनका लागि निर्माता–निर्देशक अञ्जुको घरसम्म पुगेका छन् । अब भने अञ्जु छोरीलाई कला क्षेत्रमा ल्याउने तयारीमा लागेकी छिन् ।

किन आमा जस्तै गायिका बन्ने सोच नराखेको ? भन्ने प्रश्नमा परितोषिका भन्छिन् ‘मेरो गीत गाउने रहर मात्र हो । म ममीको सफलतालाई भेट्न सक्दिनँ ।उहाँ जस्तो दोश्रो कोही जन्मिन्छ भन्ने मलाई लाग्दैन । यसैले पनि रहरका लागि मात्र आउनु भन्दा नआउनु नै ठीक लाग्यो । म मोडलिङमा नै केही गर्छु ।’

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…