सेयरबजारमा ६ अर्बको कारोबार, नेप्से २ हजार माथि

काठमाडौं, मङ्सिर ३० ।सेयरबजारमा आज ६ अर्ब ६ करोड रुपैयाँको कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ५.७५ अंकले घटे पनि ९७ लाख ५५ हजार ५ सय ४७ कित्ता सेयर बिक्री भएको छ।

मंगलबार २०५ कम्पनीको सेयर किनबेच भएको हो। सूचक घटे पनि दुई हजार माथि नै रहेको छ। आज ४७ हजार ७ सय ६९ पटक कारोबार भएको थियो। कुल १२ समूहमध्ये आज वाणिज्य बैंक, जीवन बीमा र माइक्रोफाइनान्स कारोबार सूचक हरियो छ।

आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५२ करोड ३८ लाखको कारोबार भएको छ। यो आजको सर्वाधिक कारोबार हो। त्यस्तै पुनर्बीमा कम्पनीको ३६ करोडको, नेपाल बैंकको २२ करोडको, नेशनल लाइफ इन्स्योरेन्सको २० करोड ४० लाख र नबिल बैंकको २० करोड १ लाखको कारोबार भएको छ।

आज पाँच कम्पनीको सकारात्मक सर्किट ब्रेक लागेको छ। उन्नति सहकार्य लघुवित्त, महुली सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था र नारायणी डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशत हाराहारीमा बढेको हो।

आज गुमाउने कम्पनीहरुले ४.७६ प्रतिशतसम्म गुमाएका छन्।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…