हुस्सुले ढाक्यो तराई, काठमाडौंको तापक्रम ३ डिग्रीमा झर्‍याे

काठमाडौं, मङ्सिर ३० ।यतिबेला (मंगलबार बिहान) तराईका अधिकांश भाग हुस्सु/कुहिरोले ढाकेको छ भने काठमाडौं उपत्यकाको तापक्रम यस वर्ष अहिलेसम्मकै कम भएको छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार अहिले तराईका अधिकांश क्षेत्रमा हुस्सु/कुहिरो लागेको छ भने पहाडी क्षेत्रका पनि केही स्थानमा याे देखिएकाे छ।

यसैगरी अहिले बिहान (साढे ६ बजे गरिएको मापन) काठमाडौं उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियसमा झरेको उनले जानकारी दिइन्।

‘यो यस वर्ष अहिलेसम्मकै कम तापक्रम (उपत्यकाका लागि) हो,’ माैसमविद् नगरकाेटीले भनिन्।यसैकारण उपत्यकामा आज बिहान निकै चिसो महसुस भइरहेको छ।

पुनः पौने ९ बजे अर्काे अपडेट तापक्रम लिइने माैसमविद् नगरकाेटीले जानकारी दिइन्। त्यसलाई आजको न्यूनतम तापक्रम मानिनेछ।

माैसमविद् नगरकाेटीका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थानमा हुस्सु कुहिराे लागेकाे हाे। तराईका भने धेरैजसाे स्थानमा हुस्सु/कुहिराे लागेकाे छ।

‘सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा हुस्सु अपराह्नसम्म लाग्ने देखिन्छ भने प्रदेश १ र २ मा भने बेलुकासम्मै यो नहट्ने सम्भावना छ,’ मौसमविद् नगरकोटीले भनिन्।

हाेसियारी अपनाउन आग्रह

हुस्सु/कुहिरो लागेका ठाउँमा पारदर्शिता कम (देख्न गाह्रो हुने) भई दुर्घटना हुन सक्ने भएकाले सडक तथा हवाई यातायातमा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान ६ बजे २४ घण्टे चेतावनी जारी गर्दै भनेको छ– तराईका अधिकांश भूभाग तथा पहाडका केही भूभागमा बिहानीपख हुस्सु तथा कुहिरोका कारण वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

यी चार प्रदेशमा ठूलो वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा…

काठमाडौँ – आज प्रदेश १, प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल प्रदेश १,…

शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रस्ताव ल्याउन निर्देशन

कात्तिक ३, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली, २०५७ (नवौँ संशोधन), २०७१ मा आवश्यक संशोधन गरी शिक्षक पदपूर्तीको प्रक्रिया…

राप्रपा लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग

कार्तिक ३, बुटवल । लगातारको वर्षाले धानबालीमा भएको क्षति पुगेकोले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग गरेको छ । कृषकलाई…

ट्वान्टी-२० विश्वकप :बंगलादेशले ओमानलाई २६ रनले हरायो

कार्तिक ३, काठमाडौँ । बंगलादेशले मंगलबार आयोजक ओमानलाई २६ रनले पराजित गर्दै ट्वान्टी–२० विश्वकपको सुपर १२ मा पुग्ने आशा जीवितै राखेको छ । विजय हात पार्न…

दुई महिनामै २१.५ प्रतिशत घट्यो सेयर

कार्तिक ३, काठमाडौँ । काठमाडौँ — गत भदौ २ मा सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च अंक ३ हजार १ सय ९८ मा पुग्यो ।…