काठमाडौंमा न्यूनतम तापक्रम ३ डिग्री मापन

kathmandu

मंसिर ३०, काठमाडौं । काठमाडौं उपत्यकामा आज जाडो झन् बढेको छ । सोमबारको दिन चार डिग्री सेल्सियस रहेको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज तीन डिग्री सेल्सियसमा झरेको छ । त्यसैले बिहान काठमाडौंमा अत्यधिक चिसो महसुस गरिएको छ ।

‘विहान साढे ६ बजे गरिएको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस देखिएको छ,’ मौसमविद गंगा नगरकोटीले भनिन्, ‘यो यस वर्षकै सबैभन्दा कम तापक्रम हो ।’

हाल नेपालमा उल्लेख्य मौसमी प्रणाली भने छैन । तर तराई–मधेसका अधिकांश भागमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईका अधिकांश भाग र पहाडका केही भागहरुमा हुस्सु तथा कुहिरोको कारण वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ ।

आज प्रदेश नं. १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओद्वारा कार्यदल गठन

काठमाडौं, २८ असोज । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स…

फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ : अल्मुताइरी

काठमाडौं, २८ असोज । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीपको फाइनलपछि नेपाल नफर्किने बताएका छन् । आफूले यस अघि नै राजीनामा दिइसकेको बताउँदै…

उत्तर कोरियाका बालबालिका र ज्येष्ठ नागरिकहरू ‘भोकमरीको जोखिममा’

काठमाडौं, २८ असोज । संयुक्त राष्ट्रसंघका एक विज्ञले उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरू भोकमरीको जोखिममा रहेका बताएका छन् । उत्तर कोरियाको लागि मानव अधिकार…

नक्कली नोटको कारोबार : दुई जना पक्राउ परेपछि थप पाँच…

धनकुट्टा, २८ असोज । जिल्ला प्रहरी कार्यालय धनकुटाले नक्कली नोटको कारोबारमा संलग्न सात जनाको समूहलाई पक्राउ गरेको छ । असोज ११ गते धनकुटाकै मूलघाटबाट २८ हजार…