टिकटक बन्यो सर्वाधिक लोकप्रिय एप

tiktok

सन् २०२० मा विश्वभर सर्वाधिक डाउनलोड हुने मोबाइल एप्लिकेसनहरुको सूची सार्वजनिक भएको छ ।एप विश्लेषण गर्ने कम्पनी App Annie ले सार्वजनिक गरेको Mobile App Trend २०२० को रिपोर्टअनुसार यस वर्ष विश्वमा सर्वाधिक डाउनलोड हुने एपको सूचीमा पहिलो स्थान टिकटकले कब्जा गरेको छ ।

अघिल्ला वर्षहरुमा पहिलो स्थानमा रहने गरेको फेसबुकलाई यो वर्ष टिकटकले पछि पारेको देखिएको छ ।गत वर्ष सन् २०१९ मा सर्वाधिक डाउनलोड हुने एपहरुको सूचीमा चौथो स्थानमा रहेको टिकटकले यो पटक तीन स्थान फड्को मार्न सफल हुँदै पहिलो स्थान हासिल गरेको हो ।एप एन्नीको रिपोर्टअनुसार सन् २०२१ मा विश्वमा टिकटकका मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्बभन्दा धेरै पुग्नेछ ।

स्मरण रहोस् गत जून महिनामा भारतमा टिकटक प्रतिबन्धित भएको थियो र त्यसबेलासम्म टिकटकका भारतीय प्रयोगकर्ताको संख्या १० करोड थियो ।

पहिलो स्थान टिकटकले कब्जा गरे पनि दोश्रोदेखि पाँचौँ स्थानसम्म चाहिँ फेसबुक र यस कम्पनीका अन्य एप्लिकेसनहरुको दबदबा रहेको छ ।

सर्वाधिक डाउनलोड हुने एपको दोश्रो स्थानमा फेसबुक रहँदा तेश्रो स्थानमा ह्वाट्सएप रहेको छ ।

उता कोरोनाकालमा सर्वाधिक लोकपि्रय बनिरहेको भिडियो कम्पोस्ङिग एप जूम यो वर्ष सर्वाधिक लोकप्रिय  एपहरुको टप फाइभभित्र पर्न सफल भएको छ । विश्वमा सर्वाधिक डाउनलोड हुने एपको चौथो स्थानमा जूम रहेको छ ।

त्यस्तै इन्स्टाग्राम यो वर्ष सबैभन्दा धेरै डाउनलोड भएका एपको पाँचौ नम्बरमा परेको छ ।

रिपोर्टअनुसार छैटौँ स्थानमा फेसबुक मेसेन्जर छ भने सातौँ स्थानमा गुगल मिट रहेको छ । त्यस्तै सबैभन्दा लोकपि्रय एपहरुको आठौँ, नवौँ र दशौँ स्थानमा क्रमशः स्नापच्याट, टेलिग्राम र लाइकी परेका छन् ।

प्रयोगकर्ताले सबैभन्दा धेरै समय बिताउने एपको सूचीमा चाहिँ टिन्डर पहिलो स्थानमा पर्न सफल भएको छ । यो सूचीमा टिकटक दोश्रो स्थानमा छ भने युट्युब तेश्रो, डिज्नी प्लस चौथो, टेन्सेन्ट भिडियो पाँचौँ तथा नेट्फ्लिक्स छैटौँ स्थानमा रहेका छन् ।

एजेन्सी

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…