गृहको परिपत्र फिर्ता लिई नदिजन्य उत्खनन् यथावत राख्न दोलखाका स्थानीय तहको माग

दोलखा, मङ्सिर ३० ।नदिजन्य पदार्थ उत्खनन् संकलन प्रशोधन तथा विक्री वितरण कार्य बन्द नगराउन गृह मन्त्रालयलाई दोलखाका स्थानीय तहले अनुरोध गरेका छन् ।

गृहको निर्देशन बमोजिम दोलखाका क्रसर उद्योग बन्द गरिदा र क्रसर उद्योगीले मौज्दात सामग्री विक्री ठप्प गरेपछि विकास निर्माण कार्यमा अवरोध पुगेको स्थानीय तहका प्रमुखहरुको भनाई छ ।

उनिहरुले कानुन बमोजिम दर्ता भई सञ्चालनमा रहेका क्रसर र स्थानीय तहबाट ठेक्का लागी बालुवा उत्खनन्का कार्य भइरहेकाले नदिजन्य पदार्थ उत्खनन् संकलन प्रशोधन तथा विक्री वितरण कार्य बन्द नगराउन र विकास निर्माण कार्यमा अवरोध पुग्ने प्रकारको गृहको परिपत्र फिर्ता लिई नदिजन्य पदार्थ उत्खनन् गर्ने कार्य यथावत राख्न नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेका छन् ।

बैठकमा दोलखाका ९ वटै स्थानीय तहका प्रमुख अध्यक्षको सहभागीता रहेको थियो ।
यस अघि गृह मन्त्रालयले परिपत्र गरि गिट्टि बालुवा उत्खनन नगर्ने, क्रसर नचलाउने सोहि आधारमा बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो । सोहि अनुरोध अनुसार शुक्रबार ढुङ्गा, गिट्टी बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन गर्न गठित जिल्ला अनुगमन समितिका संयोजक डबल पाण्डेको अध्यक्षतामा बसेको बैठकले जिल्लाका सबै क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको थियो ।

अनुगमन समितिले गरेको अनुगमनमा दोलखाको विभिन्न स्थानीय तहमा सञ्चालित कुल १० क्रसर उद्योगले मापदण्ड पुरा नगरेको, केहि क्रसर उद्योग विना दर्ता सञ्चालन भइरहेको पाइएकाले सबै बन्द गर्न र हाल सम्म दर्ता नभएका र मापदण्ड पुरा नगरि सञ्चालन गरिएका क्रसर उद्योगहरुलाई दर्ता प्रक्रियामा जान शुक्रबार निर्देशन दिइएको थियो । बैठकले उद्योग बन्द गरेपनि नदिजन्य मदार्थको मौज्दात विक्री नरोक्न भनेको थियो ।

तर सोहि दिन जिल्लाका क्रसर उद्योगीले प्रेश विज्ञप्ती जारी गर्दै भुगोल सुहाउँदो मापदण्ड तयार गर्न अनुरोध गर्दै उद्योग बन्द गराउने निर्देशन फिर्ता लिन माग गरेको थियो । उसले ढुंगा, गिट्टि, बालुवा, उत्खनन् विक्री तथा व्यवस्थापन सम्बन्धि मापदण्ड २०७७ संशोधन नहुन्जेल सम्म सबै क्रसर उद्योगबाट विक्री वितरण सहित सम्पुर्ण उद्योग ठप्प पारेको जनाएको थियो ।

यसैबिच जिल्ला समन्वय समिति दोलखामा आज बसेको बैठकले ढुंगा, गिट्टि बालुवा उत्खनन विक्री तथा व्यवस्थापन सम्बन्धि मापदण्ड २०७७ को नियम १५ को अधिनमा रही तयार पारिएको दोलखा जिल्लामा ढुंगा, गिट्टि बालुवा उत्खनन विक्री तथा व्यवस्थापन सम्बधि नियमावली कार्यविधि २०७७ पारित गरेको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

यी चार प्रदेशमा ठूलो वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा…

काठमाडौँ – आज प्रदेश १, प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल प्रदेश १,…

शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रस्ताव ल्याउन निर्देशन

कात्तिक ३, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली, २०५७ (नवौँ संशोधन), २०७१ मा आवश्यक संशोधन गरी शिक्षक पदपूर्तीको प्रक्रिया…

राप्रपा लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग

कार्तिक ३, बुटवल । लगातारको वर्षाले धानबालीमा भएको क्षति पुगेकोले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग गरेको छ । कृषकलाई…

ट्वान्टी-२० विश्वकप :बंगलादेशले ओमानलाई २६ रनले हरायो

कार्तिक ३, काठमाडौँ । बंगलादेशले मंगलबार आयोजक ओमानलाई २६ रनले पराजित गर्दै ट्वान्टी–२० विश्वकपको सुपर १२ मा पुग्ने आशा जीवितै राखेको छ । विजय हात पार्न…

दुई महिनामै २१.५ प्रतिशत घट्यो सेयर

कार्तिक ३, काठमाडौँ । काठमाडौँ — गत भदौ २ मा सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च अंक ३ हजार १ सय ९८ मा पुग्यो ।…