न‍ोकियाले सार्वजनिक गर्‍यो पहिलो ल्यापटप, यस्ता छन् विशेषता

यो ल्यापटपको मूल्य ९५ हजार ९८४ रुपैयाँ राखिएको छ ।

काठमाडौं, ३० मङ्सिर । नोकियाले आफ्नो पहिलो ल्यापटप बजारमा ल्याएको छ । कम्पनीले ईकमर्स कम्पनी फ्लिपकार्टमार्फत नोकिया प्योरबूक एक्स फोर्टिन ल्यापटप सार्वजनिक गरेको हो ।

यो ल्यापटपको मूल्य ९५ हजार ९८४ रुपैयाँ राखिएको छ । नोकिया प्योरबूक एक्स फोर्टिनको प्रि बुकिङ १८ डिसेम्बरदेखि सुरु हुनेछ ।

८ जीबी डीडीआर४ र्‍याम तथा ५१२ जीबी एनभीएमई एसएसडीका साथ आएको यो ल्यापटपमा दशौं पुस्ताको इन्टेल आई फाइभ क्वाडकोर प्रोसेसर राखिएको छ । विण्डोज टेन ओएसका साथ आएको यो ल्यापटपमा १४ इन्चको फुल एचडी एलईडि ब्याकलिट स्क्रिन रहेको छ ।

यो ल्यापटपको स्क्रिन टु बडी रेसियो ८६ प्रतिशत रहेको छ । नोकिया प्योरबूक एक्स फोर्टिनको तौल १.१ किलोग्राम रहेको छ ।

केवल १६.८ एमएम मोटाई रहेको यो ल्यापटप निकै स्लिक डिजाइनमा तयार भएको छ । यसमा मजेदार साउण्डका लागि डल्बी अडियो सपोर्ट दिइएको छ ।

साथै राम्रो ग्राफिक्सका लागि यसमा तपाईंले १.१ गिगाहर्ज टर्बो जीपीयूसँगै इन्टिग्रेटेड इन्टेल यूएचडी ६२० ग्राफिक्स कार्ड समेत पाउन सक्नुहुनेछ । यो ल्यापटपमा ८ घण्टासम्म टिक्ने ब्याट्री राखिएको छ । ब्याट्री फास्ट चार्ज गर्न यसमा ६५ वाटको फास्ट चार्जिङ सपोर्ट दिइएको छ ।

कनेक्टिभिटीका लागि यो ल्यापटपमा डुअल ब्याण्ड वाईफाई, ब्लुटुथ ५.१, यूएसबी ३.१, यूएसबी २.०, सिंगल एचडीएमआई पोर्ट र एउटा आरजे ४५ पोर्ट राखिएको छ । ल्यापटपमा सिंगल अडियो आउटपोर्ट तथा एउटा माइक पोर्ट समेत दिइएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…