फस्कुका वडा अध्यक्ष धावावाङ्गेल लामाको निधन

दोलखा, मङ्सिर २९ ।दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ७ फस्कुका वडा अध्यक्ष धावावाङ्गेल लामाको कोरोना संक्रमणका कारण निधन भएको छ ।

तत्कालिन नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष लामालाई निमोनिया भएपछि २४ गते काठमाण्डौ स्थित किष्ट अस्पताल भर्ना हुनुभएको थियो । प्रेसरको समेत समस्या रहेको ५२ वर्षिया लामाको २३ गते पिसिआर रिपोर्ट पोजिटिभ आएको थियो । उहाँको उपचारकै क्रममा आज दिउँसो ३ बजे किष्ट अस्पतालमै मृत्यु भएको पुर्व मन्त्रि एवम् नेकपाका नेता आनन्द प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

मृतक लामा नेकपा एमाले दोलखाका जिल्ला कमिटि सदस्य, लोकतान्त्रिक तामाङ संघका उपाध्यक्ष एवम् शैलुङ रिगसुम गोन्पो सेवा समाजका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओद्वारा कार्यदल गठन

काठमाडौं, २८ असोज । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स…

फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ : अल्मुताइरी

काठमाडौं, २८ असोज । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीपको फाइनलपछि नेपाल नफर्किने बताएका छन् । आफूले यस अघि नै राजीनामा दिइसकेको बताउँदै…

उत्तर कोरियाका बालबालिका र ज्येष्ठ नागरिकहरू ‘भोकमरीको जोखिममा’

काठमाडौं, २८ असोज । संयुक्त राष्ट्रसंघका एक विज्ञले उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरू भोकमरीको जोखिममा रहेका बताएका छन् । उत्तर कोरियाको लागि मानव अधिकार…

नक्कली नोटको कारोबार : दुई जना पक्राउ परेपछि थप पाँच…

धनकुट्टा, २८ असोज । जिल्ला प्रहरी कार्यालय धनकुटाले नक्कली नोटको कारोबारमा संलग्न सात जनाको समूहलाई पक्राउ गरेको छ । असोज ११ गते धनकुटाकै मूलघाटबाट २८ हजार…