नेपालमा २४ घण्टामा थप ८ सय २१ जनामा कोरोना पुष्टि

गत २४ घण्टामा ८ सय २१ जना संक्रमित थप, १८ जना संक्रमितको मृत्युु

काठमाडौं, २९ मङ्सिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको छ।

गत २४ घण्टामा ८ सय २१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

जसअनुसार प्रदेश १ को इलाममा ७, उदयपुरमा १, ओखलढुंगामा २, खोटाङमा १, झापामा २६, ताप्लेजुङमा १, तेह्रथुममा २, धनकुटामा १, पाँचथरमा २, मोरङमा ५५, सोलुखुम्बुमा ३ र सुनसरीमा ३३ जनामा कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश २ को धुनषामा १, पर्सामा २, बारामा ४, महोत्तरीमा ३, रौतहटमा १, सिरहामा ३ र सप्तरीमा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बागमती प्रदेशको काठमाडौंमा २४६, काभ्रेमा १०, चितवनमा २७, धादिङमा ५, नुवाकोटमा १, भक्तपुरमा ३४, मकवानपुरमा ९, रसुवामा १, ललितपुरमा ५३, सिन्धुलीमा ६ र सिन्धुपाल्चोकमा २ जनामा कोरोना संक्रमित थपिएका छन् ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ७३, गोरखामा ३, तनहुँमा ५, नवलपरासी पूर्वमा ८, पर्वतमा १, लमजुङमा १ र स्याङजामा ४ जनामा कोरोना पुष्टि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ८, कपिलवस्तुमा १२, गुल्मीमा १, दाङमा १५, पाल्पामा ७, प्यूठानमा ३, बर्दियामा ९, बाँकेमा १०, रोल्पामा २ र रुपन्देहीमा ३५ जनामा कोरोना पाइएको छ।

कर्णाली प्रदेशको जुम्लामा १, दैलेखमा १ र सुर्खेतमा ३ जनामा कोरोना भेटिएको छ।

यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा १३, कञ्चनपुरमा ८, कैलालीमा ४६, डडेल्धुरामा २, बझाङमा ५ र बाजुरामा १ कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार यो अवधिमा नेपालमा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ सय १६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर आठ सय ४२ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या दुई लाख ३६ हजार पाँच सय ७३ जना पुगेको छ ।

  • अहिले नेपालमा सक्रिय संक्रमितको संख्या १० हजार नौ सय ५५ पुगेको छ ।
प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…