रोशनीको छलाङः ३८ वर्षमै बनिन् भारतकै सबैभन्दा धनी महिला

काठमाडौं, मङ्सिर २८ ।एचसीएल टेक्नोलोजीको प्रमुख कार्यकारी बनेकी रोशनी नाडर भारतकै सबैभन्दा धनी महिला बनेकी छिन्।

रोशनी भारतकै सबैभन्दा धनी महिला बनेको हुरुन इन्डियाको एउटा सर्भेले जनाएको छ। उनको सम्पत्ति ५ खर्ब ४८ अर्ब ५० करोड भारतीय रुपैयाँ छ।

यो सूचीमा दोस्रो नम्बरमा छिन् बायोकोनकी संस्थापक तथा कम्पनीका प्रबन्धनिर्देशक किरण मजुमदार । उनको कुल सम्पत्ति ३ खर्ब ६६ अर्ब भारु छ ।

मुम्बईमा रहेको फार्मा कम्पनी यूएसभी प्राइभेट लिमिटेडकी लीना गान्धी तिवारी २ खर्ब १३ अर्ब ४० करोड भारुका साथ तेस्रो नम्बरमा छिन् । यो सूचीलाई कोटक वेल्थ र हुरुन इन्डियाले यो वर्षको लागि तयार गरेका हुन् ।

रोशनी ३८ वर्ष मात्र पुगेकी छिन्। उनी सन् २०१९ मा चर्चित म्यागजिन फोर्ब्सको सय विश्वका शक्तिशाली महिला सूचीमा उनी ५४औँ नम्बरमा परेकी थिइन्।

उनी एचसीएलका संस्थापक शिव नाडरकी एक्ली छोरी हुन्। जुलाईमा जब उनलाई कम्पनीको प्रमुख बनाइयो, उनी भारतकै कुनै पनि सूचीकृत आईटी कम्पनीको पहिलो महिला प्रमुख बनिन् ।

हुरुन इन्डिया रिच लिस्ट २०१९ मा उनी भारतकै सबैभन्दा धनी महिलामा सूचीकृत भइन्। रोशनीको स्कुलिङ वसन्त भ्याली स्कुलमा भयो । उनले नर्थवेस्टर्न युनिभर्सिटीमा बाँकी अध्ययन पूरा गरेकी थिइन्। उनले मिडिया क्षेत्रमा पनि काम गरेकी छिन् ।

एचसीएलमा जोडिनुअघि उनले धेरै अरु कम्पनीमा समेत काम गरेकी छिन्। आफ्ना बुबाको आग्रहमा उनले एचसीएलमा काम थालेकी थिइन् ।

एक वर्ष नबित्दै उनी कम्पनीको सीईओ र कार्यकारी निर्देशक बनिन् । रोशनी नाडर सन् २००९ मा २७ वर्षको उमेरमै कम्पनीको सीईओ बनेकी थिइन् । सन् २०१० मा उनले शिखर मल्होत्रासँग बिहे गरिन् । अहिले उनी एचसीएल हेल्थकेयरमा पनि उपप्रमुख हुन् । उनका दुई सन्तान छन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…