तेह्रथुममा प्लास्टिकको पोखरीमा डुबेर एकै परिवारका २ जनासहित ३ बालिकाको मृत्यु

तेह्रथुम, मङ्सिर २८ । तेह्रथुमको तरकारी खेतीका लागि बनाइएको प्लास्टिकको पोखरीमा डुबेर एकै परिवारका दुई जनासहित तीन बालिकाको मृत्यु भएको छ।

तेह्रथुम जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कोमल ठाकुरका अनुसार पोखरीमा डुबेर छथर गाउँपालिका-६ सुदापका दिदीबहिनी ७ वर्षीया रञ्जना र ५ वर्षीया रोजनी लिम्बू तथा ८ वर्षीया सुहानाको मृत्यु भएको हो।

रञ्जना र रोजनी स्थानीय इन्द्रबहादुर लिम्बूका छाेरी हुन् भने सुहाना देवेन्द्र लिम्बूकी छाेरी हुन्।

अहिले पाेस्टमार्टमका लागि शव जिल्ला अस्पताल लाने तयारी भइरहेकाे प्रहरी निरीक्षक ठाकुरले जानकारी दिए।

‘एक जना मृतककी आमा धरानबाट आउँदै हुनुहुन्छ,’ उनले भने, ‘उहाँ आइपुगेपछि तीनै शव पोस्टमार्टमका लागि अस्पताल लगिनेछ।’

उनका अनुसार घटना शनिबार साँझकाे हाे। त्यस दिन बिहान खेल्न घरबाट निस्केका उनीहरुलाई खेतीपातीमा व्यस्त अभिभावकले दिउँसाे १२-१ बजेतिर कता गए भनेर खाेज्न थाले। त्यस क्रममा शनिबार साँझ उनीहरु स्थानीय प्रगति कृषक समूहले बनाएकाे पाेखरीमा मृत फेला परेका हुन्।

‘पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको भनेर वडाध्यक्ष टेकराज आङखेवाले हामीलाई शनिबार साँझ ६ः४० बजेतिर खबर गर्नुभयो,’ प्रहरी निरीक्षक ठाकुरले आइतबार बिहान नेपालखबरसँग भने, ‘त्यसपछि प्रहरी टोली  घटनास्थल  गएकाे हाे।’

प्रतिक्रिया :

भर्खरै प्रकाशित

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओद्वारा कार्यदल गठन

काठमाडौं, २८ असोज । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स…

फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ : अल्मुताइरी

काठमाडौं, २८ असोज । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीपको फाइनलपछि नेपाल नफर्किने बताएका छन् । आफूले यस अघि नै राजीनामा दिइसकेको बताउँदै…

उत्तर कोरियाका बालबालिका र ज्येष्ठ नागरिकहरू ‘भोकमरीको जोखिममा’

काठमाडौं, २८ असोज । संयुक्त राष्ट्रसंघका एक विज्ञले उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरू भोकमरीको जोखिममा रहेका बताएका छन् । उत्तर कोरियाको लागि मानव अधिकार…

नक्कली नोटको कारोबार : दुई जना पक्राउ परेपछि थप पाँच…

धनकुट्टा, २८ असोज । जिल्ला प्रहरी कार्यालय धनकुटाले नक्कली नोटको कारोबारमा संलग्न सात जनाको समूहलाई पक्राउ गरेको छ । असोज ११ गते धनकुटाकै मूलघाटबाट २८ हजार…