भविष्य सूचक मानिएको दोलखाको भीमेश्वरको शिलामा पसिना आएपछि क्षमापूजा गरियो (तस्वीर)

दोलखा, २७ मंसिर । दोलखास्थित प्रख्यात भीमेश्वर मन्दिरको शिलामा गत मंसिर ९ गते पसिना आएपछि मुलुक र जनतालाई अनिष्ट नहोस भन्दै क्षमापूजा गरिएको छ ।

साक्षात भविष्य सूचककोरुपमा मानिने दोलखा स्थित प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएपछि राष्ट्रपति, भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समिति र सर्वसाधारणको तर्फबाट क्षमापूजा गरिएको हो ।

दोलखा

 

राष्ट्रपति कार्यालयबाट पठाइएको २ वटा बोका, भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समिति र स्थानीय सर्वसाधारणको तर्फबाट २ वटा बोका तथा नेपाली सेनाका प्रधान सेनापतिले पठाएको १ वटा बोका गरी ५ वटा वलि पूजा सहित क्षमापूजा गरिएको छ । क्षमापूजा को क्रममा १३ जना पण्डितबाट हवन यज्ञ तथा एघार आर्वत्ती लघुरुद्री गरिएको छ ।

सरकारका तर्फबाट प्रमुख लिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटी, जिल्ला प्रहरी कार्यालय दोलखाका इन्स्पेक्टर अञ्जन कोइराला, नेपाली सेना तारादल गणका गणपति प्रमुख सेनानी अनिल केसी, भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर श्रेष्ठ तथा भीमेश्वर नगरपालिका वडा नंं. २ का अध्यक्ष विराजमान श्रेष्ठले लघुरुद्री संकल्प गरेका थिए ।

 

भीमेश्वरको शिलामा पसिना आएपछि सो कपास पुछिएको कपास महाप्रसादको रुपमा राष्ट्रप्रमुखलाई पठाएसँगै राष्ट्रप्रमुखले क्षमापूजा गर्ने चलन छ ।
दोलखा भीमसेनमा पसिना आएको यो १९ औं पटक हो ।

पछिल्लो कालखण्डमा वि.सं. १९९०, १९९७, २००७, २०१७, २०१९, २०२६, २०२८, २०३६, २०४५, २०४६ २०५७, २०६३, २०७०, २०७१, २०७४, २०७६ र २०७७ सालमा भीमसेनको मूर्तिमा पसिना आएको थियो ।

दोलखा

 

त्यस समयको आसपासमा भएका विभिन्न ठूला राजनीतिक परिवर्तन, प्राकृतिक विपत र अन्य दुःखदायी घटनाहरुलाई भीमसेनको पसिनाले पूर्वसंकेत गर्ने जनविश्वास रहि आएको छ ।

 

 

 

प्रतिक्रिया :

भर्खरै प्रकाशित

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओद्वारा कार्यदल गठन

काठमाडौं, २८ असोज । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स…

फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ : अल्मुताइरी

काठमाडौं, २८ असोज । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीपको फाइनलपछि नेपाल नफर्किने बताएका छन् । आफूले यस अघि नै राजीनामा दिइसकेको बताउँदै…

उत्तर कोरियाका बालबालिका र ज्येष्ठ नागरिकहरू ‘भोकमरीको जोखिममा’

काठमाडौं, २८ असोज । संयुक्त राष्ट्रसंघका एक विज्ञले उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरू भोकमरीको जोखिममा रहेका बताएका छन् । उत्तर कोरियाको लागि मानव अधिकार…

नक्कली नोटको कारोबार : दुई जना पक्राउ परेपछि थप पाँच…

धनकुट्टा, २८ असोज । जिल्ला प्रहरी कार्यालय धनकुटाले नक्कली नोटको कारोबारमा संलग्न सात जनाको समूहलाई पक्राउ गरेको छ । असोज ११ गते धनकुटाकै मूलघाटबाट २८ हजार…