सिन्धुपाल्चोक भोटेकोसीको बञ्जी नौ महिनापछि पुनः सञ्चालनमा

कोरोना भाइरसका कारण चैतदेखि बन्द भएको सिन्धुपाल्चोकको भोटेकोशीको बञ्जी जम्प नौ महिनापछि पुनः सञ्चालनमा

सिन्धुपाल्चोक, २७ मङ्सिर । कोरोना भाइरसका कारण चैतदेखि बन्द भएको सिन्धुपाल्चोकको भोटेकोशीको बञ्जी जम्प नौ महिनापछि पुनः सञ्चालनमा आएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सञ्चालनमा ल्याइएको बञ्जी जम्पमा हाल दैनिक चारदेखि १५ जनासम्मले बञ्जी गर्ने दी लास्ट रिसोर्ट एडभेन्चर प्रालिका व्यवस्थापक कुमार राउतले बताए।

वि.सं २०५६ देखि सञ्चालित १६० मिटरको उक्त बञ्जी जम्प रोमाञ्चकका दृष्टिकोणले उत्कृष्ट मानिन्छ । देशमा बन्दाबन्दी लागू हुनुअघि स्वदेशी र विदेशीसहित दैनिक १०० जनासम्म आउने गरेकामा भर्खरमात्र सञ्चालनमा आएकाले क्रमशः पर्यटकहरु आउने अपेक्षा गरिएको व्यवस्थापक राउतले स्पष्ट गरे ।

बञ्जीका लागि युवायुवती बढी आकर्षित हुने र प्रहरी अधिकृत तालीममा सहभागीलाई पनि अनिवार्य रुपमा समावेश गरिएको बताइएको छ । बञ्जीका लागि स्वदेशीलाई रु छ हजार र विदेशीलाई नौ हजार २०० दस्तुर लिने गरिएको छ । बञ्जीका साथै रोमाञ्चक सुइङ पनि सञ्चालनमा आएको छ ।

चीनसँगको प्रमुख व्यापारिक तातोपानी नाका निरन्तररुपमा सञ्चालनमा आए तिब्बतको मानसरोवर जाने भारतीय तीर्थ यात्री नाका हुँदै जाने भएकाले बाह्य र आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि हुने प्रचुर सम्भावना रहेको छ ।

नेपालका राष्ट्रिय विभूति वास्तुविद् अरनिको १३औँ शताब्दिमा चीन जाँदा बञ्जीभन्दा माथि रहेको भोटेकोशी गाउँपालिका–५ स्थित त्याङथलीमा बास बसेका थिए । तामाङ जातिको बाहुल्यता रहेको उक्त गाउँमा बास बसेपछि त्याङथली नाम राखेको थिए । तामाङ भाषामा त्याङथलीको अर्थ चोटा हुने र भोटेकोशीमाथि पर्ने हुँदा त्याङथली नाम राखेको स्थानीयवासीको भनाइ रहेको छ ।

अरनिको बास बसेको उक्त ऐतिहासिक स्थानको भौगोलिक तथा पर्यटकीय सम्भावनाका बारेमा निजीस्तरमा अनुसन्धानमा लागिपरेको अरनिको पाहुना घरको प्रबन्धकसमेत रहेको राउतले जानकारी दिए ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…