बेलायतमा कोरोना संक्रमितले आइसोलेसनमा बस्नुपर्ने अवधि घट्यो, लागू गरियो यस्तो नियम

काठमाडौं, मङ्सिर २७ ।बेलायतले विदेशबाट आउने यात्रु र कोभिड–१९ संक्रमित व्यक्तिलाई लक्षित गरी १४ दिन एकान्त वास (सेल्फ–आइसोलेसन) तथा क्वारेन्टिनमा रहनुपर्ने नियमलाई १० दिन कायम गरेको छ।

शुक्रबार त्यहाँको सरकारले यस्तो जानकारी दिएको हो। वेल्समा यस अघिदेखि नै यो नियम लागू गरिएको थियो। अब भने संयुक्त अधिराज्य (बेलायत) का इङ्ल्याण्ड, स्कटल्याण्ड, उत्तरी आयरल्याण्ड तीनै राज्यमा कोभिड संक्रमितको लागि नयाँ नियम सोमबारदेखि लागू हुनेछ।

कोभिड–१९ का विरामीहरूको समस्यालाई चिकित्सकीय विधिबाट अनुसन्धानपछि १० दिन मात्र क्वारेन्टिन बस्नुपर्ने नियम लागू गर्दा कुनै फरक नपर्ने ठहर बेलायतका चिकित्सकले गरेका हुन्।

कार्डिफ, एडिनबर्ग र बेलफास्टको सरकारहरूले भने आफ्नै स्वास्थ्य नीति तय गरेका छन् र भाइरसको फैलावट रोक्न विभिन्न प्रतिबन्धहरू लागू गरेका छन्। ‘सङ्क्रमितले पनि १० दिनसम्म सामाजिक दूरी कायम गरी अलग बसेमा उसलाई घर वा काममा फर्किन अनुमति दिनेछौँ,’ बेलायती वरिष्ठ चिकित्सकहरुले भनेका छन्। सङ्क्रमण नियन्त्रणका लागि क्वारेन्टिन र सेल्फ आइसोलेसन बस्नु महत्वपूर्ण भएको उनीहरुको भनाई छ।

बेलायतमा अहिलेसम्म कोभिड–१९ को कारण ६३ हजारभन्दा बढीको मृत्यु भएको छ । बेलायतमा कूल सङ्क्रमितको सङ्ख्या करिब १८ लाख पुगेको छ। यसै साता बेलायत सरकारले फाइजर र बायोएनटेकद्वारा उत्पादन गरेका कोभिड–१९ विरुद्धका खोपलाई मान्यता दिएपछि देशभरका ७३ अस्पतालमा एकै पटक खोप सेवा सुरु भइसकेको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…