कलंकीमा ट्रकले अरु गाडीलाई ठक्कर दिँदा एक जनाको मृत्यु, सात घाइते

काठमाडौं, मङ्सिर २७ ।काठमाडौंको कलंकीमा ट्रकले अन्य सवारी साधनलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

सो ट्रकको ब्रेक फेल हुँदा दुर्घटना भएको जनाइएको छ।थानकोटबाट कलंकीतर्फ आउँदै गरेको मालबाहक ट्रक शुक्रबार साँझ ढुंगेअड्डामा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका हुन्।

शुक्रबार साँझ भएको सो दुर्घटनामा ज्यान गुमाएका र घाइतेको पहिचान खुलेको छ।

दुर्घटनामा परी ओखलढुंगाका करिव ३० वर्षीय शंकर परियारको मृत्यु भएको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ।

break-fell1.jpg

सप्तरीका २६ वर्षीय रञ्जीत चौधरी, धादिङका ३६ वर्षीय रामचन्द्र सिंखडा, काठमाडौं कलंकीका ३२ वर्षीय सुजन मानन्धर, बानेश्वरका २४ वर्षीय विशाल श्रेष्ठ, कास्कीकी ३० वर्षीया सन्ध्या थिङ घाइते भएकी छन्। घाइते मध्ये ३० वर्षीय गणेश शर्मा र २२ वर्षीय साजन खत्रीको भने ठेगाना खुलेको छैन।

घाइतेको शहिद अस्पताल कलंकीमा उपचार भइरहेको छ।

प्रदेश २ ०३००१ ख १४२० नम्बरको मालबाहक ट्रक ब्रेक फेल भएर अनियन्त्रित बनेको हो। ट्रकले अन्य ६ गाडीलाई समेत ठक्कर दिएको डिएसपी अपिलराज बोहराले जानकारी दिए।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

यी चार प्रदेशमा ठूलो वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा…

काठमाडौँ – आज प्रदेश १, प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल प्रदेश १,…

शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रस्ताव ल्याउन निर्देशन

कात्तिक ३, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली, २०५७ (नवौँ संशोधन), २०७१ मा आवश्यक संशोधन गरी शिक्षक पदपूर्तीको प्रक्रिया…

राप्रपा लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग

कार्तिक ३, बुटवल । लगातारको वर्षाले धानबालीमा भएको क्षति पुगेकोले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग गरेको छ । कृषकलाई…

ट्वान्टी-२० विश्वकप :बंगलादेशले ओमानलाई २६ रनले हरायो

कार्तिक ३, काठमाडौँ । बंगलादेशले मंगलबार आयोजक ओमानलाई २६ रनले पराजित गर्दै ट्वान्टी–२० विश्वकपको सुपर १२ मा पुग्ने आशा जीवितै राखेको छ । विजय हात पार्न…

दुई महिनामै २१.५ प्रतिशत घट्यो सेयर

कार्तिक ३, काठमाडौँ । काठमाडौँ — गत भदौ २ मा सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च अंक ३ हजार १ सय ९८ मा पुग्यो ।…