पितृका नाममा दीपदान र सतबिज छर्न पाइने

दोलखा, मङ्सिर २६ ।प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण त्रयोदशीका दिन दिवङ्गत पितृका नाममा गरिने दीपदान र सतबिज छर्ने कार्य सुरक्षित भई गर्न जिल्ला प्रशासन कार्यालय दोलखाले अनुरोध गरेको छ ।

त्रयोदशीको बेलुकीदेखि रातभर मठमन्दिरमा भेला भई दीपदान गरी चतुर्दशीका दिन बिहान शतबीज छर्दा स्वास्थ्य मापदण्डको पुर्ण पालना गर्न अनुरोध गरेको हो । यस वर्ष शनिबार बेलुका दिपदान र आइतबार बिहान सतबिज छर्ने तय भएको छ ।

पितृ
बाला चतुर्दशीसमेत भनिने यस पर्वका अवसरमा दोलखाको भीमेश्वर मन्दिर सहित जिल्लाका विभिन्न क्षेत्रका मन्दिरमा हजारौँ भक्तजन पुग्ने गरेका छन् । उनिहरुलाई अनिवार्य मास्कको प्रयोग गर्न, भीडभाड नगर्न, भौतिक दुरी कायम गर्न दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीको आग्रह छ ।

बाला चतुर्दशीका अवसरमा देशभरका शिवालयमा वैदिक सनातन धर्मावलम्बीले दिवङ्गत पितृका नाममा दीपदान गरी शतबीज छर्ने गर्छन् ।यस दिन शिवालयमा दीपदान गरी शतबीज छरेमा दिवङ्गत पितृले पाउने विश्वास गरिन्छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…