मापदण्ड पुरा नगरेपछि दोलखाका सबै क्रसर उद्योगहरु बन्द

दोलखा, मङ्सिर २६ ।दोलखा जिल्लामा संचालित क्रसर उद्योगहरु अर्को आदेश नभएसम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ ।

जिल्ला समन्वय समिति दोलखाका प्रमुख एवम् ढुङ्गा, गिट्टी बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन गर्न गठित जिल्ला अनुगमन समितिका संयोजक डबल पाण्डेको अध्यक्षतामा समितिका सदस्यहरु र क्रसर व्यवसायीहरुको संयुक्त उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

यस अघि अनुगमन समितिले गरेको अनुगमनमा दोलखाको विभिन्न स्थानीय तहमा सञ्चालित कुल ११ क्रसर उद्योगले मापदण्ड पुरा नगरेको, केहि क्रसर उद्योग विना दर्ता सञ्चालन भइरहेको पाइएकाले सबै बन्द गर्न निर्देशन दिएको हो । हाल सम्म दर्ता नभएका र मापदण्ड पुरा नगरि सञ्चालन गरिएका क्रसर उद्योगहरुलाई दर्ता प्रक्रियामा जान जिल्ला समन्वय समिति दोलखाका प्रमुख एवम् अनुगमन समितिका संयोजक डबल पाण्डेले निर्देशन दिनुभयो । “वातावरण संरक्षणका लागी कडा रुपमा प्रस्तुत हुँदै छाँै, अनुगमन समितिको निर्णय पालना गर्नैपर्छ” प्रमुख पाण्डेले भन्नुभयो ।
त्यसैगरि क्रसर उद्योगद्वारा उत्पादन गरिएका मौज्दात सामग्री सम्बन्धित स्थानीय तहबाट स्टक प्रमाणित गरेर मात्र बिक्रि बितरण गर्न निर्देशन दिइएको छ ।

अवैध उत्खनन गर्ने सवारी साधनलाई एक लाख ६० हजार जरिवाना

यसैगरि कालिन्चोक गाउँपालिका वडा नम्बर ७ कोशिखेत स्थित तामाकोशी नदिको किनारमा अवैध रुपमा प्राकृतिक श्रोत नदिजन्य पदार्थ बालुवा उत्खनन् तथा निकासि गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएका ३ वटा सवारी साधनलाई जरिवाना गर्ने निर्णय गरेको छ ।

दोलखा जिल्ला प्राकृतिक श्रोत तथा नदिजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) उत्खनन् एवम् संकलन सम्बन्धि नियमन कार्यविधि २०७६ मा भएको व्यवस्था अनुसार अवैध रुपमा उत्खनन् तथा संकलन कार्यमा संलग्न ब्याकलोडरलाई एक लाख र टिपरको हकमा प्रति टिपर तीस हजारका दरले साठि हजार जरिवाना गराउने निर्णय भएको हो ।

तोकिएको जरिवानाको सम्बन्धमा तीन दिन भित्र सफाइ पेश गर्न लगाउने र तोकेको समय भित्र सफाइ प्राप्त नभएमा वा चित्त बुझ्दो सफाइ नभएमा तोके बमोजिमको जरिवाना असुलउपर गर्ने जनाएको छ ।

जरिवाना वापतको रकम कालिञ्चोक गाउँपालिकाको कार्यालयमा दाखीला गरेपछि उक्त ब्याकलोडर र टिपरहरुको कागजपत्र स्वामित्वकर्ता पहिचान र भिडान गरि फिर्ता गर्न जिल्ला समन्वय समितिको कार्यालय, दोलखालाई निर्देशन दिने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…