टाइम वर्ष व्यक्ति बने जो वाइडेन र कमला ह्यारिस

वाइडेन

काठमाडौं, मंसिर २६ ।अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो वाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिस टाइम वर्ष व्यक्ति बनेका छन्।

अन्तर्राष्ट्रिय पत्रिका टाइमले हरेक वर्ष घोषणा गर्ने टाइम वर्ष व्यक्तिमा यो वर्ष वाइडेन र ह्यारिस परेका हुन्।

कुनै वर्षभर अन्तर्राष्ट्रिय रुपमा सबैभन्दा बढि प्रभाव पार्न सफल विश्वभरका प्रभावशाली व्यक्तिहरुमध्येबाट एकजनालाई टाइम वर्ष व्यक्ति घोषणा गर्ने गरिन्छ। यो वर्ष भने सो टाइटल संयुक्तरुपमा दुईजनालाई दिइएको हो।

गतवर्ष जलवायु परिवर्तनमा सचेतना जगाएर सानै उमेरमा विश्व चर्चित बनेकी किशोरी ग्रेटा थनवर्ग टाइम वर्षव्यक्ति बनेकी थिइन्।

हालै अमेरिकामा भएको निर्वाचनमा बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउँदै वाइडेन र ह्यारिसको जोडीले ह्वाइट हाउसको यात्रा तय गरेको हो।

अमेरिकामा बहालवाला राष्ट्रपतिले नै प्रायः दोस्रो कार्यकालका लागि पनि चुनाव जित्ने गर्छन्। राष्ट्रवादी एजेन्डालाई मुख्य आधार बनाएका बहालवाला राष्ट्रपति ट्रम्पलाई नै चुनाव हराएका कारण वाइडेनले अहिले संसारभर चर्चा कमाएका छन्।

ट्रम्पले चुनावमा धाँधली गरेको आरोप लगाएका छन् तर साे आरोपमा अदालत र अन्य निकायबाट उनले समर्थन पाउन सकेका छैनन्।

वाइडेन र ह्यारिसले जनवरी २० देखि कार्यभार सम्हाल्नेछन्।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…