खसी नदिँदा शिक्षकको हत्या

siddhartha wheel mart

मोरङ,  मङ्सिर २६ ।मोरङको पर्यटकीय क्षेत्र जेफाललगायत उत्तरी मोरङमा सुरक्षाकर्मीको व्यवस्था गर्न स्थानीयले १५ वर्षदेखि माग राख्दै आएका थिए।

तर सरकारी निकायले त्यस मागको बेवास्ता गर्दा सो क्षेत्रमा आपराधिक घटना बढेका छन्। शिक्षक राजेन्द्रकुमार श्रेष्ठको मंगलबार भएको हत्या त्यसैको एक उदाहरण हो। त्यहाँ भूमिगत गतिविधि गर्न पनि सहज रहेको स्थानीयकोे भनाइ छ।

विगतको तुलनामा त्यस क्षेत्रका केही गाउँ सडक सञ्जालले जोडिए पनि राम्रोसँग विकास भएको छैन। हत्या गरिएका शिक्षक श्रेष्ठको घरआसपास ५० देखि सय मिटरसम्मको दूरीमा सातवटा घर छन्। ‘हामीले यहाँका नेता र सरकारसँग धेरै अघिदेखि सुरक्षाको माग गर्दै आएका थियौं। अहिलेसम्म यस क्षेत्रमा सुरक्षाको व्यवस्थापनका लागि चासो देखाएका छैनन्,’ स्थानीय भन्छन्, ‘त्यसैले हत्याजस्तो अपराध भएको छ।’

aawash steels

मृतक श्रेष्ठकी पत्नी धनकुमारी श्रेष्ठलाई उद्धृत गर्दै एक स्थानीयले बताएअनुसार आइतबार साँझ साग टिपेर फर्कंदै गर्दा बारीबाट नचिनेका दुईजना भाग्दै थिए। को हो भन्दै उनीहरूतिर लाइट बाल्दा ‘निभा’ भनेर हकारे। घरदेखि अलि पर कात्तिके भन्ने ठाउँमा श्रेष्ठको बाख्राको खोर छ। ‘उहाँ (राजेन्द्र श्रेष्ठ)ले बिहान बाख्रालाई घाँसपात र पानी दिन जा, मचाहिँ घरमै बस्छु गाई ब्याउन लागेको छ भन्नुभयो,’ धनकुमारीले भनिन्, ‘छिमेकीहरू आत्तिँदै बाख्रा खोरमै आएर तपाईंको पतिलाई कसैले अपहरण गरेर लगे भने। त्यसपछि सबै जना खोज्न थाल्यौं। खोज्दै जाँदा बन्दुक पड्केको आवाज आयो र त्यसतर्फ जाँदा शव भेटियो।’

उनका अनुसार हत्याराहरूले एउटा खसी र एउटा बाख्रा मागेका थिए। ‘उनीहरूलाई श्रीमान्ले बाख्रा चाहिँ दिने भन्नुभएको थियो। खसी नदिँदा यस्तो घटना भयो,’ उनले भनिन्। यो खबर आजको नागरिक दैनिकमा चुमन बस्नेतले लेखेका छन्।

super kinetic courier

श्रेष्ठ शिक्षक मात्रै थिएनन्, उनले समाजसेवीका रूपमा समेत आफूलाई स्थापित गरेका थिए। ‘रानो नै गएपछि यहाँको के हुन्छ र अब विद्यालयको हालत के होला र उहाँले जस्तो विद्यालय कसले सम्हाल्छ र’ स्थानीय एक युवकले बताए।

उक्त क्षेत्र पर्ने प्रदेशसभा सदस्य कुलप्रसाद सम्बाले त्यहाँका जनताले ठूलो तनाव र असुरक्षित महसुस गरिरहेको बताए। ‘घटनाअघि हामी त्यहाँ जाँदा सबै आउने, गफ गर्ने माहोल थियो, अहिले शून्यता छाएको छ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपाली सेनाले विश्वकै दोस्रो अग्लो पाकिस्तानको केटु हिमाल आरोहण गर्ने…

काठमाडौं,फाल्गुन १२ । नेपाली सेनाले विश्वकै दोस्रो अग्लो पाकिस्तानको केटु हिमाल आरोहण गर्ने नेपाली टोलीका सदस्यहरुलाई सम्मान गरेको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधबार जंगी अड्डामा…

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिएको बताए

काठमाडौं,फाल्गुन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिएको बताएका छन्। बुधबार ‘नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले…

प्रचण्ड र नेपाल देउवालाई भेट्न बुढानिलकण्ठस्थित उनको निवास जाने

काठमाडौं, फाल्गुन १२ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठस्थित उनको निवास जान लागेका छन्। सर्वोच्च अदालतले…

कुन राशिलाई आज कति लाभ, हेर्नुहोस आजको राशिफल :फागुन १२

२०७७ फागुन १२ गते, बुधवार, २४ फेब्रुअरी २०२१। माघ शुक्लपक्ष द्वादशी तिथि (१५:५६ बजेदेखि त्रयोदशी), पुनर्वशु नक्षत्र (११:२६ बजेदेखि तिष्य), चन्द्रराशि– कर्कट। मेष – ARIES…

ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्दै

काठमाडौं, फाल्गुन १२ । पछिल्लो राजनीतिक घटना क्रमबारे छलफल गर्न प्रधानमन्त्री केपी ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्दै छ। बुधबार बिहान ११ बजे…