ओलीलाई भट्टराईको प्रस्ताव : भ्रष्टाचार नियन्त्रणमा इमान्दार हो भने सबै काण्डको निष्पक्ष छानबिन गरौँ

काठमाडौं, मंसिर २५ ।पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा इमान्दार नभएको आरोप लगाएका छन्।

पूर्व प्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै प्रधानमन्त्री ओलीले भन्दै आएको ‘म भ्रष्टाचार गर्दिनॅ अरूलाई पनि गर्न दिन्न’ भन्ने कथनलाई लोक कथासँग तुलना गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म भ्रष्टाचार गर्दिनॅ, अरूलाई पनि गर्न दिन्न’भन्दा सबैले सुनेको कथामा बालकले पुलिसलाई– ‘हाम्रा बाउ घ्याम्पामा लुकेका छैनन्’ भनेजस्तो सुनिदो रैछ’, उनले सामाजिक सञ्जाल ट्विटरमा भनेका छन्।

डा. भट्टराईले प्रधानमन्त्री भ्रष्टाचार नियन्त्रणमा साच्चै इमान्दर हो भने यती, ओम्नी सेक्युरिटी प्रिन्टिङ, वाइडबडी लगायतका काण्डको निष्पक्ष रुपमा छानविन गर्न प्रस्ताव गरेका छन्।

‘साच्चै इमान्दार हो भने आजै यति, ओम्नी, सेक्युरिटी प्रिन्टिङ, वाइडबडी, बुढीगण्डकी लगायत सबै काण्डको निष्पक्ष छानवीन गरौं न त!’, प्रधानमन्त्री ओलीले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बुधबार शुभकामना सन्देश दिँदै गरेको भिडियो ट्विटरमा सेयर गर्दै डा. भट्टराइले लेखेका छन्।

 

प्रतिक्रिया :

भर्खरै प्रकाशित

यी चार प्रदेशमा ठूलो वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा…

काठमाडौँ – आज प्रदेश १, प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल प्रदेश १,…

शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रस्ताव ल्याउन निर्देशन

कात्तिक ३, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली, २०५७ (नवौँ संशोधन), २०७१ मा आवश्यक संशोधन गरी शिक्षक पदपूर्तीको प्रक्रिया…

राप्रपा लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग

कार्तिक ३, बुटवल । लगातारको वर्षाले धानबालीमा भएको क्षति पुगेकोले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग गरेको छ । कृषकलाई…

ट्वान्टी-२० विश्वकप :बंगलादेशले ओमानलाई २६ रनले हरायो

कार्तिक ३, काठमाडौँ । बंगलादेशले मंगलबार आयोजक ओमानलाई २६ रनले पराजित गर्दै ट्वान्टी–२० विश्वकपको सुपर १२ मा पुग्ने आशा जीवितै राखेको छ । विजय हात पार्न…

दुई महिनामै २१.५ प्रतिशत घट्यो सेयर

कार्तिक ३, काठमाडौँ । काठमाडौँ — गत भदौ २ मा सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च अंक ३ हजार १ सय ९८ मा पुग्यो ।…