आइतबार राति ८ देखि सोमबार बिहान साढे ५ बजेसम्म उल्कावर्षा हुने

आइतबार
siddhartha wheel mart

काठमाडौं, मंसिर २५ ।यो वर्षको मिथुन उल्कावर्षा आइतबार राति उत्कर्षमा पुग्दैछ।

मंसिर १९ देखि पुस २ गतेसम्म सक्रिय रहने मिथुन उल्कावर्षा आइतबार राति अत्याधिक हुने र सो समयमा प्रतिघन्टा १५० वटासम्म उल्का देख्न सकिने बताइएको छ।यो उल्कावर्षा क्षुद्र ग्रह ‘३२०० फेथन’ले अन्तरिक्षमा छोडेका स–साना धूलाका कण तथा पदार्थबाट बन्दछ।

क्षुद्र ग्रहले छाडेको कण र पदार्थहरु भएको स्थानमा पुग्दा ती कण तथा पदार्थ वायुमण्डलमा प्रवेश गरेपछि जल्छन्। पृथ्वीको सतहभन्दा ७० किलोमिटरमाथि जलेकाे कण तथा पदार्थ चम्किलो देखिन्छ, जसलाई उल्कापात भनिन्छ ।

aawash steels

उल्का वर्षको समयमा उल्काहरु मिथुन राशिबाट निस्किएजस्तो देखिने हुनाले यसलाई मिथुन उल्कावर्षा नामाकरण गरिएको हो।

‘सर्वसाधारणले उल्कावर्षा आफ्नो घरबाट वा नजिकैको प्रकाश प्रदुषण काम भएको स्थानबाट अवलोकन गर्दा बढी मात्रामा देख्न सकिन्छ’, नेपाल एस्टोनोमिकल सोसाइटी (नासो)का अध्यक्ष सुरेश भट्टराईले भने, ‘चन्द्रमा पनि नहुँदा आकाश खुला हुने संभावना पनि छ, त्यसैले यसलाई वर्षकै उत्कृष्ट उल्कापातको अनुमान गरिएको छ।’

super kinetic courier

अवलोकनको लागि आइतबार राति ८ देखि सोमबार बिहान साढे ५ बजेसम्मको समय अनुकूल रहेको उनले जानकारी दिए।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रहरीद्वारा सम्झना बोहराको हत्या अभियुक्त सार्वजनिक

गुल्मी, २० फागुन । प्रहरीले गुल्मीको भाडगाउँमा युवतीको हत्या अभियोगमा पक्राउ परेका व्यक्तिलाई आज (बिहीबार) सार्वजनिक गरेको छ । रेसुङ्गा नगरपालिका–३ भाडगाँउमा २१ वर्षीया सम्झना बोहराको…

महिला हस्तकला मेला फागुन २२ गतेदेखि हुने

काठमाडौं,फाल्गुन २० । महिला हस्तकला मेला फागुन २२ गतेदेखि हुने भएको छ। नेपाल हस्तकला महासंघ र ललितपुर महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरिने मेला फागुन २२…

नक्खुमा जिपको ठक्करबाट ज्यान गुमाएकी अन्जु दाहालका आफन्तले शव बुझ्न…

काठमाडौं,फाल्गुन २० । बुधबार बिहान ललितपुरको नक्खुमा जिपको ठक्करबाट ज्यान गुमाएकी अन्जु दाहालका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्। दुर्घटनाको उचित छानविन गरी दोषीलाई हदैसम्मको…

भारतमा बनेको कोरोनाविरुद्धको खोप ‘कोभ्याक्सिन’ ८१ प्रतिशत प्रभावकारी

काठमाडौं,फाल्गुन २० ।भारतमा विवादित बनेको कोरोनाविरुद्धको स्वदेशी खोप ‘कोभ्याक्सिन’ अन्तिम चरणकाे परीक्षणकाे सुरुवाती नतिजाका क्रममा ८१ प्रतिशत प्रभावकारी देखिएको छ। औषधि निर्माता कम्पनी भारत बायोटेकले…

ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब रु ४० करोड…

ताप्लेजुङ,फाल्गुन २० । ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब रु ४० करोड बराबरको क्षति भएको छ। क्षतिको आधिकारिक विवरण संकलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख…